सुत्केरी अस्पताल जान गाउँपालिकाले नि:शुल्क यातायातको व्यवस्था गर्ने

आदर्श अनलाइन, तनहुँ
लमजुङको मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्क यातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने नि:शुल्क यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएकाे गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयाे । अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनु भयाे ।

गाउँपालिकाले गर्भवती र  प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पतालसम्म पुग्नुपरेमा पनि नि:शुल्क यातायातको व्यवस्था गर्ने जनाएको छ ।

नि:शुल्क यातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनकाे भाडा तिर्न सहयाेग गरिने अध्यक्ष गुरुङले बताउनु भयाे ।

कम्तीमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गर्न पुकाषेलाई यसअघि पनि सरकारले यातायात खर्च दिँदै आएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *