गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,पोखरा

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८५ जनामा गरिएको नमुना परीक्षणमा २३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये १५ महिला र ८ पुरुष छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८ हजार ६० पुगेको छ ।

प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १९, स्याङ्जा १, पर्वत २ र नवलपरासी पूर्वमा १ जनामा सङ्क्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *