ठूलो मात्रामा लागुऔषधसहित तनहुँकी महिला पक्राउ

आदर्श अनलाइन, पोखरा 
पोखरामा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । तनहुँ शुक्लागण्डकी नगरपालिका १० खैरेनीटार घर भई पोखरा -११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषधसहित पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

भण्डारीलाई डाइजापाम ६२ एम्पुल, फेनेरागन ६२ एम्पुल र नुर्फिन ६२ एम्पुल गरी १८६ एम्पुल लागुऔषधसहित पोखराको फूलबारीबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

भण्डारीलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *