काैडा खेलिरहेका १५ जना नगदसहित तनहुँमा पक्राउ

आदर्श अनलाइन, तनहुँ
कौडा खेलिरहेकाे अवस्थामा नगदसहित तनहुँमा १५ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले तनहुँकाे ब्यास नगरपालिका-११ मझाङदीस्थित  ४५ वर्षीय नारायण भन्ने खगेन्द्र गुरुङले संचालन गरेको मझाङदी कटेजमा जुवा (कौडा) खेलि रहेका १५ जनालाई नगद र काैडासहित पक्राग गरेकाे हाे ।

उनीहरुकाे साथबाट नगद १ लाख ७५ हजार ४० रुपैया र १६ वटा (गोटी) कौडासहित पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *