करेन्ट लागेर ट्रक सहचालकको मृत्यु

आदर्श अनलाइन, तनहुँ
तनहुँमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा पृथ्वी राजमार्गमा बा३क २६९४ नम्बरको एक्साभेटर ग१ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने क्रममा नाङ्गो तारलाई छोएर घाइते भएका मगरको उपचारको क्रममा लक्ष्मी सिटी अस्पताल डुम्रेमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । तनहुँमा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *