कुवामा डुबेर महिलाको मृत्यु

आदर्श अनलाइन,पोखरा
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । तनहुँ भिमाद नगरपालिका वडा नम्बर ३ माझकोट पिपल भन्ज्याङ बस्ने यमकुमारी थापाको कुवामा डुबेर मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी यूवराज खड्काले बताए । ४६ वर्षीय कुमारी पानी लिन घरबाट निस्केकी थिइन् ।

घरबाट पश्चिम तर्फ रहेको कुवामा पानी लिन गएकी उनी डुबेको अवस्थामा फेला परेपछि श्रीमान केयरसिंह थापाले प्रहरीलाई खबर गरेको खड्काले जानकारी दिए । डिएसपी खड्काका अनुसार मृत शरिरलाई भिमाद स्वास्थ्य चौकीमा राखिएको छ ।

‘घटना कसरी भयाे प्रहरीको अनुसन्धान जारी छ, कुवामा पानी लिन गएकी उनी मृत भेटिएपछि उनका श्रीमानले प्रहरीलाई खबर गरेका थिए,’ डिएसपी खड्काले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *