आधिखोला गाउँपालिकामा एमालेबाट पौडेल र थापा सर्वसम्मत

साधना पन्त, पोखरा
नेकपा एमालेले आधिखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्याएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।
एमाले आधिखोला गाउँ कमिटिको बैठकले पौडेल र थापालाई उम्मेदवार चयन गरेको हो । बैंठकले स्थानीय तहको निवार्चनलाई लक्षित गरेर शिवप्रसाद पौडेलको संयोजकतोमा ५ सय १ निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।
कमिटिमा पौडेल सहित सह–संयोजक चनक लामिछाने र सचिव ओमप्रकाश सापकोटालाई चयन गरेको हो । दिपेन्द्र पौडेलको संयोजकत्वमा ३ सय १ सदस्यको प्रचार प्रसार समिति गठन गरेको नेकपा एमाले आधिखोला गाउँपालिका कमिटिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *