गोरखामा टुट्यो गठबन्धन

आदर्श अनलाइन, गोरखा
गोरखामा सत्ता गठबन्धनका ४ दल बीच चुनावी तालमेलको सम्भावना अन्त्य भएको छ । गठबन्धन संयन्त्रको शनिबार बसेको बैठकमा भागबण्डा मिल्न सकेन । संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार संयन्त्रको बैठक अब फेरि नबस्ने गरी अन्त्य भएको छ ।

भागवण्डा टुंगो लगाउन शनिबार बिहान बसेको बैठकमा दलहरूबीच सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने गरी बैठक सकिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले बताए । ‘जसपाले दुईवटा पालिकाको प्रमुख माग्नुभयो । त्यसमा कुरा नमिलेपछि हामी उठ्यौँ । अब जिल्लाका नेता बैठक बस्दैनौँ,’ उनले भने ।

अब गठबन्धन संयन्त्रको संयुक्त बैठकको औचित्य नदेखिएको कांग्रेसका सभापति न्यौपानेले बताए । गोरखामा जनमोर्चा गठबन्धनमा सहभागी छैन । गोरखामा दुईवटा नगरपालिकासहित ११ वटा पालिका छन् । कांग्रेसले ७, माओवादीले ५ पालिका, जसपाले २ र नेकपा एसले एउटा पालिकाको नेतृत्व पाउनुपर्ने अडान राखेका छन् ।

आफूहरुले पहिला जितेकामध्ये दुई पालिका छोड्न तयार भए पनि गठबन्धनका अरु दलले आफ्नो अडान नछोड्दा अघि बढ्न नसकेको कांग्रेस नेता किशोरजंग थापाले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *