पाठ्यपुस्तक नहुँदा पढाइमा समस्या

आदर्श अनलाइन, लमजुङ
बेलैमा पाठ्यपुस्तक पुग्दा जिल्लाका विद्यालयमा पठनपाठन प्रभावित भएको छ। यही जेठ १ गतेदेखि सुरु भए पनि अझै पाठ्यपुस्तक पग्न नसकेको हो। मर्स्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङले पाँच पुस्तक किन्न पाए पनि चारवटा नपाएको गुनासो गरिन्

पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ। बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले पठनपाठन सुरु भएको तीन साता बित्नलाग्दा पनि पुस्तक उपलब्ध नहुँदा समस्या भएको बताए।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयले पुरानै किताबबाट पठनपाठन गराइरहेको बताए। ‘जतिसक्दो चाँडो किताब उपलब्ध गराउन पहल गरेका छौँ’, उनले भने।

लमजुङमा सामुदायिक ३३६ र निजी ३३ विद्यालय छन्। सामुदायिक विद्यालयमा झण्डै २६ हजार र निजीतर्फ नौ हजार विद्यार्थी अध्ययनरत छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *