पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध

आदर्श अनलाइन, लमजुङ
पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। बेंसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा मंगलबार पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो।

सडक अवरुद्ध भएपछि बेंसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारीसाधनहरु रोकिएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *