पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

आदर्श अनलाइन, स्याङ्जा

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन्। आज बिहीबार बिहान ७ बजेतिर वालिङ– १३ गाहाखोलाबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा स्कुटीसँगै लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

ग १६ प ५४६१ नम्बरको स्कुटर बाटोको छेउमा र ५५ वर्षीय श्रेष्ठ कुनामा उत्तानो अवस्थामा मृत फेला परेको प्रहरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, ‘ल्गमयल’नामको सेतो रङको किटनासक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको थियो।

स्थानीय तह निर्वाचन २०७४ मा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *