पन्तको ‘टारी खेतमा बुलबुले मुल’ बजारमा

आदर्श अनलाइन, बागलुङ
लोकगायक बसन्तराज पन्तको नयाँ गीत ‘टारी खेतमा बुलबुले मुल’ सार्वजनिक भएको छ । पन्तको शब्द लय र स्वर रहेको गीतमा गायिका रोशनी पन्तले साथ दिनु भएको छ ।

विदेशमा रहे पनि स्वदेशी लोक संस्कृतिप्रति सदैव माया र साथ दिन लागि परि रहने बसन्तराज पन्तको यो गीतले नेपाली समाजको तीतो यर्थाथतालाई समेटेको छ । मेरी बास्सै टिमको उत्कृष्ट अभिनय समेटिएको यो गीतले आधुनिक जीवन शैलीको यथार्थ परक ढंगले चित्रण गरेको छ ।

गीतको एरेन्ज लक्षु प्रकाश मल्लले र रेकडिङ मनोज डोंगोलले गर्नुभएको छ भने यस गीतका आर्टिस्ट दमन रुपाखेती (घर ज्वाई) लगायतको अभिनय रहेको छ । यो गीत सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल भएको छ ।

यसअघि बसन्तराज पन्न्त र रोशनी पन्तका दर्जन गीत पीपल छाँयाले, मालुङ्गे केरा, तुरतुरेको पानी, आशुँ नझार, माकुर माकुर लगायतका विभिन्न लोकगीत, पन्चेबाजा तथा भजनहरु बजारमा आइ सकेका छन । यी गीतहरु अहिले चर्चामा रहेका छन् ।

गीत रोशनी पन्तको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *