निराको स्मृतिमा गायक विष्णु खत्रीले गरे माइक नसमाउने निर्णय

आदर्श अनलाइन, बागलुङ
आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकी लोक गायिका निरा छन्त्यालको स्मृतिमा गायक विष्णु खत्रीले माइक नसमाउने निर्णय गर्नुभएको छ ।

माघ १ गतेदेखि बागलुङको भिमापोखरामा सुरु भएको माघे संक्रान्ती मेलाको चौथो दिन ४ गते गायक विष्णु खत्री र निरा छन्त्याललेसँगै साँगितीक प्रस्तुती दिने तालिका थियो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै गायक खत्रीले साँगितीक क्षेत्रको आशालाग्दो बागलुङले चेली गुमाउनु पर्दाको पीडा सहि नसक्नु भएको भन्दै सँगै उपस्थित हुने गरि तय गरिएको कार्यक्रममा एक्लै पुगेर गीत गाउँन असमर्थ रहेको बताउनुभएको छ । उहाँले उक्त दिन छन्त्यालको सम्झनामा माइक नसमाउने निधो गरेको लेख्नुभएको छ ।

‘उनको स्टेज प्रोगाम अति नै आकर्षक थियो, भने दर्शक श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो,’ । खत्रीले लेख्नुभएको छ ‘उनको दु्र्घटना पछि यतिबेला म मर्माहत छु ।’

एउटा कलाकारको सम्मानका लागि अर्काे कलाकारले निभाउनु पर्ने भुमिका प्रति आर्थिक दृष्टिकोणले त्यति महत्वपूर्ण नहुने भन्दै उहाँले आयोजक प्रगतिशील युवा क्लब र आफ्ना दर्शक श्रोतासँग क्षमा माग्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *