ल्होछार कार्यकमको लागि राजु लामा कतारमा

सन्तोष क्षत्री, दोह–कतार

चर्चित मंगोलियन हर्ट ब्याण्डका गायक राजु लामा कन्सर्टका लागी कतार आईपुग्नुभएको छ ।
नेपाल तामाङ घेदुङ कतार शाखाले सोनाम ल्होछारको अवसरमा यहि २७ तारिख शुक्रवार आयोजना गर्न लागेको ल्होछार कन्सर्टको लागी लामा बुधवार बिहान कतार आईपुग्नुभएको हो । लामालाई नेपाल तामाङ घेदुङ कतार तथा स्थानिय काठमाण्डौ म्युजिकल ब्याण्डले स्वागत गरेका छ्न ।

कार्यक्रमको लागि नेपाली कलाकार आईरहने कतारमा विश्वकपले गर्दा लामो समय पछि नेपाल देखि कलाकार आएर कार्यक्रम हुन लागेको हो ।

तामाङ धेदुङको केन्द्रिय कार्यालय निर्माणको सहायोगार्थ दोहाको ओसिस बिच क्लबमा गर्न लागिएको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको तामाङ घेदुङका अध्यक्ष इन्द्र बहादुर तामाङले बताउनुभयो ।

शुक्रवार दिउसो ३ बजे देखि शुरु हुने “ल्होछार कन्सर्ट २०२३“ मा राजुलामा सङै स्थानिय कलाकार र काठमाण्डौ म्युजिकल ब्याण्ड कतारको पनि प्रस्तुति रहने ब्यान्ड ब्यवस्थापक रोशन अर्यालले बताउनुभयो ।

“ल्होछार कन्सर्ट २०२३“ को लागि १००, १७५ र ५०० कतारी रियल गरि तीन श्रेणीका टिकट शुल्क निर्धारण गरिएको छ । विशिष्ट श्रेणीको ५०० कतारी रियलको टिकटमा एउटै परिवारका चार जना सदस्यहरुले प्रवेश पाउने छन । त्यस्तै १७५ को टिकटमा पुरुष÷पुरुष, महिला÷महिला वा पुरुष÷महिला २ जना जान सकिने छ भने १०० रियलको टिकट साधारण तर्फको रहनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *