२० औं वर्षमा अमर आदर्श


आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाम सिथत अमर आदर्श आवासीय माध्यमिक विद्यालयको २० औ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले गत फागुन पाँच गतेदेखि बिबिध कार्यक्रमहरु आयोजना गरी आफ्नो २० औं बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको मुल समारोहका अवसरमा सोमबार बिबिध खेलकुद तथा संकृतिक कार्यक्रम गरी मनाएको छ ।

अमर आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङले चालु शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीहरुलाई ‘उत्कृष्ट अवार्ड’ले सम्मान गरेको छ । विद्यालयले हरेक बर्ष बिद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसका दिन एक/ एक जना उत्कृष्ट विद्यार्थी छनोट गरेर सम्मान गर्ने गरेको छ ।
विद्यालयले माध्यमिक तह कक्षा दशमा उत्कृष्ट अंक ल्याउने र कक्षा १२ मा बिषगतरुपमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको अमर आदर्श माध्यामिक विद्यालयले जनाएको छ ।



मुल सामारोहको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै पोखरेलले विद्यालयहरुले शैद्धान्तिक शिक्षलाई व्यवहारमा परिणत गर्दै आधुनिक र प्रविधि मैत्री सिकाई गर्न आवश्यक रहेको बताउनुभयो । आधुनिक तथा व्यवहारिक शिक्षाका लागि विद्यालयले अधिकतम जोड दिएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्याव्सन बागलुङ नगर कमिटिका अध्यक्ष कृष्ण अधिकारी, पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, अभिभावक मातृका आचार्य, शिक्षक सिता न्युरे र कक्षा १ मा अध्ययनरत वालिका दृष्टी पन्त लगायतले मुल समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



कार्यक्रम विद्यालय व्यवस्थापन तथा सञ्चानल समितिका अध्यक्ष बिजयराज पन्तको अध्यक्षता, प्रिन्सिपल हेमन्त थापाको स्वागत र सहायक प्रिन्सिपल कमल पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *