मुक्तिनाथ भगवानको आरती सार्वजनिक


आदर्श अनलाइन, बागलुङ

विश्वका तीर्थस्थल मध्ये प्रमुख मानिने मुक्तिनाथधामको महिमा समेटिएको आरती–भजन श्रीराम नवमीको अवसर पारेर सार्वजनिक गरिएको छ ।

मुक्तिनाथको भजन–आरतीलाई शब्द कौतुकी नामक युटुब च्यानलमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो । पारम्परिक लोकलयमा गाइएको आरती पुरुष तथा नारी आवाज गरी दुई अलग–अलग भजनमा एकैदिन सार्वजनिक गरिएको छ ।

नारी आवाजलाई गुरु परम्परा नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पुरुषआवाजमा शास्त्रीय संगीतका प्रशिक्षक समेत रहेका तीर्थराज पोख्रेलले स्वर भरेका छन् भने नारी आवाजतर्फ नेपाल आईडल ०७८को फाइनिस्ट समेत रहेकी लक्ष्मी पौडेलले स्वर दिएकी छिन् ।

शब्दहरूको रचना दिवाकर पौडेलले गरेका हुन् । संगीत एरेन्ज बच्चा सिंहको रहेको छ भने अडियो मिक्सिङ एवं रेकर्डिङ कुमार के.सी. ले गरेका छन् ।आरतीमा भिडियो निर्देशन, छायांकन एवं मिक्सिङ हरिकृष्ण रेग्मीले गरेका छन् । मुक्तिनाथ आरतीको भिडियोका लागि संस्कृत युवामञ्च नेपालका गुरुहरू विश्वराज सापकोटा, धनिराम ढकाल तथा गोविन्दराज गौतमले मुक्तिनाथ भगवानको पावन धाममा महा आरती उतारेका थिए । यस म्युजिक भिडियोको निर्माण, लेखक स्वयंले गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *