सज्जन कुमारको पोखरामा गीत सार्वजनिक


आदर्श अनलाइन, बागलुङ

बहुप्रतिभाशाली गायक, कलाकार तथा पत्रकार सज्जन कुुमार सिंहको नयाँ गित पोखरामा सार्वजनिक भएको छ ।

पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्काे नानीको भन्ने गीतको बोल युट्युवमा सार्वजनिक गरेको छ ।

पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाहरुले समेत विरोध जनाएका छन् । टिकटक र सामाजिक सञ्जालमा गीतको विरोध भने शुरु भएको छ ।

पोखराको पानी संग जोडेर नानीलाई भन्ना खोजिएको बिम्ब नमिलेको कतिपयको भनाई छ ।
टिकटकमा पोेखराका अधिकांस महिलाले गीतले पोखरेली महिलालाई गलत ढंगले प्रस्तुत गरेका प्रतिक्रिया दिएका छन् । पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द, संगित सज्जनको छ । गितमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गित विनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।

गितको भिडियोलाई इश्वर बाबुले निर्देशन, सम्पादन गरेका हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धानकोटीको अभिनय देख्न सकिन्छ । भिडियोमा पोखराको फेवाताल र यहाँका ऐतिहासिक प्राकृतिक ठाउँ समावेश गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *