बेनी–जोमसोम सडक अवरुद्ध

आदर्श अनलाइन, म्याग्दी
अविरल वर्षाका कारण पहिरो झर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोर अन्तरगतको रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा जोमसोम, बोसी सिधा यातायात सञ्चालन हुन सकेको छैन । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रघुगंगा गाउँपालिका–१ र २ को सिमाना बाट झरेको पहिरोले रघुगंगा –३ बैशरीमा अबरुद्ध भएको जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा मुस्ताङ जाने पर्यटक समस्यामा परेका छन् । सडक खुलाउनका लागि प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकीदा सडक खुलाउन पनि जोखीम भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । शनिबार राती देखिनै सडक अबरुद्ध भएको हो आज खुल्ने सम्भावना न्यून छ उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *