मल्लाज सहकारीको सदस्य सचेतना अभियान : आर्थिक वर्षमा १ सय १ कार्यक्रम गर्ने

आदर्श अनलाइन, बागलुङ
पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य सचेतनाका लागि एक वर्षे अभियान शुभारम्भ गरेको छ । मिसन १ सय १ नामक अभियानको शुभारम्भ गर्दै संस्थाले चालु आर्थिक वर्षमा सदस्यता सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यो आर्थिक वर्षभरी सदस्य सचेतना, सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि १ सय १ वटा कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

वार्षिक अभियान अन्तरगत पहिलो चरणमा ४ दिने सचेतनामुलक कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार जलजला गाउँपालिका वडा नं. १ र २ का महिला शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । दोस्रो दिन मंगलवार सोही वडाका पुरुष शेयर सदस्यका लागि सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले सहकारीमा सदस्यको भूमिका, लेखा सुपरीवेक्षण समितिका संयोजक धनपति सुवेदीले सहकारीको विनियम, कार्यविधि र कानुनी व्यवस्था, महिला विभाग प्रमुख हेम कुमारी अधिकारीले महिला शेयर सदस्यहरुको क्षमता विकासमा सहकारीको भूमिका लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

सदस्यहरुलाई संस्थाप्रति जागरुक बनाउनका लागि सदस्य सचेतना तथा सञ्चालक र कर्मचारीको क्षमता विकासका लागि रचनात्मक तथा सिर्जनात्मक अभियान सञ्चालनका लागि योजना बनाउने कार्यदल नै गठन गरिएको संस्थाका उपाध्यक्ष हिरा बहादुर जिसीले जानकारी दिनुभयो ।

सदस्यका घर घरमा जाने, टोल टोलमा भेला गरी सदस्यहरुका संस्थाप्रतिका गुनासा तथा सुझावहरु लिने, सदस्यहरुको भावना अनुसारको नीति तथा कार्यक्रमहरु बनाउनुका साथै संस्थाका समस्या र कार्यक्रमहरुका बारेमा सदस्यहरुलाई जानकारी दिने गरी अभियान सञ्चालन गरिने संस्थाका सचिव ओम बहादुर जिसीले जानकारी दिनुभयो ।

संस्थामा हाल ८ सय जना शेयर सदस्य, ९ करोड ५० लाख शेयर रकम, ९ करोड २० लाख बचत, १६ करोड ५० लाख ऋण लगानीमा रहेको संस्थाका अध्यक्ष लालल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

आफ्नै भवनबाट कारोबार शुभारम्भ गरेको संस्थाले उपभोक्ता पसल लगायत बहुउद्देश्यीय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *