मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव

आदर्श अनलाइन, मुस्ताङ
मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ। अविरल वर्षाका कारण बेनी-जोमसोम-कोरला सडक पटक पटक बन्द हुँदा पेट्रोलियम पदार्थको अभाव देखिएको हो।

साउनको तेस्रो हप्तादेखि इन्धनको अभाव हुन थालेका व्यवसायीले बताएका छन्। मुस्ताङको काभ्रेभीरदेखि म्याग्दीको तातोपानी खण्डको दर्जनौ स्थानमा झरेको पहिरोका कारण सडक अवरुद्ध छ। पेट्रोल आंशिक रूपमा पाइने भए पनि डिजेलको अभाव रहेको व्यवसायी कृष्ण गौचनले बताए।

थासाङ गाउँपालिका-४ घाँसामा फिउल ट्रेडस सञ्चालनमा छ। दुई सातादेखि इन्धन ढुवानी हुन नसकेको त्यहाँ कार्यरत कर्मचारी विकास गजमेरले जानकारी दिए। ‘हाम्रो पम्पमा ३२ हजार लिटरको डिजेल सञ्चित गर्ने भण्डारण छ, त्यो पनि सकिएर दुई हप्तादेखि डिजेल बिक्री गर्न ठप्पै छ। उनले लगातारको बेनी-जोमसोम सडक अवरुद्धले इन्धन आपूर्ति गर्न रोकिएको जानकारी दिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *