बागलुङ दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा गौतम


आदर्श अनलाइन, बागलुङ

बागलुङ दुग्धउत्पादक सहकारी संघ लिमिटेडको २२ औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि दिपक गौतमको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राम बहादुर हमाल, सचिवमा गोविन्द सापकोटा, सह–सचिवमा कमल प्रसाद शर्मा सापकोटा र कोषाध्यक्षमा केशव प्रसाद कंडेल चयन हुनु भएको छ ।

सञ्चालक समितिका सदस्यहरुमा बालानन्द कंडेल, नारायण प्रसाद गैरे, गीता सुवेदी र गुणाखर कंडेल रहनु भएको छ ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा मणीभद्र कंडेल तथा सदस्यहरुमा गोविन्द बहादुर खड्का र रामप्रसाद कंडेल चयन हुनु भएको निर्वाचन उप–समितिका सदस्यतथा संघका संस्थापक अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिनुभयो । संघको २२ औ वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन उपसमितिका संयोजक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सपथ ग्रहण गराउनु भएको थियो ।

निर्वाचित पदाधिकारीहरुलाइ वधाई तथा शुभकामना दिदै जिसीले सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरणमा उल्लेख्य काम गरेको संघले आगामी दिनमा दुग्ध उत्पादन वृद्धिका साथै प्रशोधन मार्फत थप योगदान गर्ने गरी काम गर्न सुझावदिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *