नवआगन्तुक प्रजिअ, पत्रकार र सूचना अधिकारीबीच अन्तरक्रिर्या


आदर्श अनलाइन, बागलुङ

बागलुङमा हालैमात्र सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्लाका क्रियाशिल पत्रकार तथा सरकारी कार्यालयका सूचना अधिकारी बीच अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुले अधिकांश सरकारी कार्यालयले नीति तथा कार्यक्रम र बजेटको जानकारी नगराएको गुनासो राखेका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय, भेटेनेररी अस्पताल र जिल्ला समन्वय समितिले मात्रै योजना र कार्यक्रमका विषयमा जानकारी गराएको पत्रकारहरुले प्रमुख जिल्ला अधिकारीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रिजालले सूचना अधिकारी र पत्रकारहरुको बीच सहकार्य आवश्यक रहेको बताउदै सूचना नदिने सूचना अधिकारीको गुनासो सोझै प्रमुख जिल्ला अधिकारीलाई गर्न आग्रह गर्नुभयो ।

प्रजिअ रिजालले जिल्लाको शान्ति सुरक्षा, विकास निर्माण र पारदर्शीता लगायतको क्षेत्रमा नागरिक, पत्रकार, सरोकारवाला निकाय तथा सूचना अधिकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारीहरुले आफूहरुले सूचना दिनमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका सचिव विजय राना, पत्रकार खेमराज गौतम, संघम घर्तीमगर, प्रकाश बराल र डम्मर बुढा मगरले जिल्लाको समग्र अवस्था, सूचनाको पहुँच, शान्ति सुरक्षा र जिल्ला प्रशासन प्रतिको अपेक्षाका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले सूचनाको समस्याका विषयमा कार्यालय प्रमुखहरुसंग छलफल गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *