युवालाई व्यवसायमा जोड्न मोदी गाउँपालिकाद्वारा मिनिटेलर मर्मत तथा हेयरकटिङ तालिम सुरु

आदर्श अनलाइन, बागलुङ
पवर्तको मोदी गाउँपालिकाले युवाहरुमा सीप विकास गर्दै व्यवसायीक बनाउँनका लागि मिनिटेलर मर्मत तथा हेयरकटिङ तालीम सुरु गरेको छ ।

तालिममा मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले गाउँपालिकाले युवालाई सीप सिकाएर जीविकोपार्जनमा सहजता ल्याउँनका लागि सीप तथा क्षमता विकास तालीमको आयोजना गरिएको बताउनु भयो ।

तालीममा सिकेको सीपले गाउँपालिकाका युवाहरुको विदेश पलायन रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उपाध्यक्ष लामिछानेले तालिमको मुख्य उद्देश्य सीप सिकेर गाउँ घरमै स्वरोजार सिर्जना गर्नु भएको भएपनि, सीप क्षमता र दक्षता भएका युवाहरु बाध्यताले विदेशिनै परेपनि सहज हुने बताउनु भयो । तालिम पश्चात व्यवासाय गर्ने युवा युवतीहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मालेसीप विकास तालिम अन्तर्गत मिनिटेलर मर्मतको तालिममा ३४ जना र हेयर कटिङ तालिममा १४ जनाको सहभागिता रहेको बताउनु भयो ।

मोदी गाउँपालिका–२ पातिचौरमा सञ्चालित मिनिटेलरको मर्मत सम्बन्धी तालिम १५ दिन र मोदी गाउँपालिका–५ पातिचौरमा सञ्चालित हेयर कटिङ सम्बन्धी तालिम १ महिनासम्म सञ्चालन हुने प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *