टोड्के-धौलागिरि पानोरमा पदमार्गको अध्ययन सुरु

आदर्श अनलाइन, बागलुङ

म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुुसन्धान तथा प्रवद्र्धन कार्यक्रम सुुरु भएको हो ।

म्याग्दीको रघुुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्केमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापा र सचिव कुुमानसिंह गुुरुङले अध्ययन टोलीलाई बिदाई गर्नुुभयो । पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी र प्राविधिकको २० जनाको अध्ययन टोली शुुक्रबार साँझ पोखरादेखि बेनी हुँदै टोड्के पुुगेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले यहाँका हरेक बस्ती, पाखा, पखेरा र संभावना बोकेका ठाउँलाई पर्यटनसँग जोडेर विकास गर्दै जाने बताउनुभयोे धवलागिरि हिमाललाई आधार मानेर पर्यटकीय पदमार्गको पहिचान, पूूर्वाधार निर्माण र प्रवद्र्धनमा प्राथमिकता दिएको उहाँको भनाइ छ । पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ गन्तव्यको पहिचानमा जोड दिएको थापाको भनाइ छ ।
टोड्केदेखि मालिका धुुरी–ठाडाखानी–कुुइने–चौरखानी–घ्यासीखर्क–सुगुरथला, कछुुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गर्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुुभयो ।

“गण्डकी प्रदेशमा आउने पर्यटकका लागि नयाँ गन्तव्यको विकास तथा उनीहरुको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्गको खोजी र अध्ययनमा आएका हौँ”, उहाँले भन्नुभयो, “धौलागिरि हिमालको फेदीमा रहेको नेपालका अल्पसङ्ख्यक छन्त्याल र आदिवासी जनजाति मगर समुुदायको बसोबास रहेको ठाडाखानी, कुुइनेमङ्गले बस्ती समेटिएको यो पदमार्गलाई धौलागिरि पानोरमा टे«क नामकरण गरेका छौँ ।”

अध्ययन टोलीमा टान गण्डकीका उपाध्यक्ष तथा अध्ययन टोलीका संयोजक कृष्ण प्रसाद आचार्य, सचिव तिर्थ राज सुवेदी, सदस्य दिपक प्रसाद सापकोटा, विश्वराज अधिकारी, सहित स्थानीय जनप्रतिनिधि, पथ प्रदर्शक, पत्रकार लगायतको सहभागिता रहेको छ ।

धवलागिरि हिमशृङ्खला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वनजङ्गल, ग्रामीण जीवनशैली, वन्यजन्तु, वनस्पति, पक्षी, ताल, झरना, धार्मिकस्थल आकर्षणका रुपमा रहेको यो पदमार्ग सात दिनमा पूरा गर्न सकिनेछ । क्याम्पिङ पदयात्राका लागि उपयुुक्त मानिएको छ । यसअघि पहिचान भएको धौलागिरि सेञ्चुुरी र आइसफल पदमार्गमा छरिएर रहेका बस्तीलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको हो ।

टोड्केदेखि मालिका धुरी ठाडाखानी कुुइने हुुँदै घ्यासीखर्क पुुगेपछि पानोरमा पदमार्ग धौलागिरि सेञ्चुुरी र आइसफलमा जोडिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *