युके छोडेर, किबी खेतीमा


अमृत बास्कुने, म्याग्दी

बेनी नगरपालिका–३ भकिम्लिका लालबहादुर पुनको २०७४ सालमा युकेको भिजा लागेको थियो ।

ठेयाक्कै तेही समयमा काभ्रे पुगेका लालबहादुरको आँखा काभ्रे भञ्ज्याङका डा.सुर्य पाण्डेको किबि फर्ममा पर्याे । लटरम्म फलेका किबी देखेपछि लालबहादुरको मन युकेबाट मोडियो, किबीमा पर्याे ।

बेलायत जाने प्रवेशाज्ञा समेत आइसकेका लालबहादुर किबीका विरुवा लिएर जिल्ला फर्कनु भयो । अहिले लालबहादुरलाई तिनै किबीका विरुवाले म्याग्दी जिल्लाकै किबीका मुख्य व्यवसायीक कृषकको रुपमा परिचत गराएको छ ।

यस वर्ष लालबहादुरले ९ क्विन्टल किबी विक्री गर्नुभएको छ । श्रीमती र छोरा छोरीले पनि लालबहादुरलाई किबी खेतीमा सघाउँदै आएका छन् । परिवारसँग मिलेर का मगर्न पाउँनु सबैभन्दा खुसीको कुरा भएको उहाँको भनाई छ । गत वर्ष ८ क्विन्टल किबी विक्रि गरेका लालबहादुर आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ ।

भकिम्लि क्षेत्रमा किबिको राम्रो उत्पादन हुन्छ भन्ने थाहा पाए पछि किबी लगाउने सोँच बनाएको थिए, तेही बेला युकेको भिसा लाग्यो, दोधारमा परे, निकै सोचे र विदेश छोडेर स्वदेश रोजेको हुँ, लालबहादुर भन्नुहुन्छ अहिलेसम्म पछुताउनु परेको छैन ।

लालबहादुर जस्ता पौरखीकै कारण गाउँ ठाउँमा बाझो जग्गा हराभरा भएको बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदमबहादुर पुनको भनाई छ । गाउँ घरमा मेहनत गरेर आम्दानी मात्र होइन् गाउँको पहिचान समेत बनाएका लालबहादुर जस्ता युवा समाजका लागि उदाहारणीय छन् वडा अध्यक्ष पुनले भन्नुभयो ।

लालबहादुरको किबी फर्ममा अहिले २ सय ५० वटा बोट रहेका छन् । हालसम्म किबीको विरुवा तथा टेका, तार लगाउँदा र फर्म व्यवस्थापनमा लागि निर्माण गरिएका संरचनामा लालबहादुरको १२ लाख रुपैयाँ खर्च भएको छ ।

पछिल्लो २ वर्षमा किबी विक्री गरेर लालबहादुरले ५ लाख रुपैयाँ आम्दानी गर्नु भएको छ । अहिले उत्पादन दिन सुरु गरेका बोटले वर्षाैसम्म उत्पादन दिने उहाँको भनाई छ ।

लालबहादुरको फर्मममा रोपेका विरुवाले २ वर्षमै उत्पादन दिन सुरु गरेका छन् । पछिल्लो २ वर्षमा १७ क्विन्टल किबी विक्री गरेको उहाँको भनाई छ । एउटा बोट १ क्विन्टलसम्म किबी फलेको उहाँको भनाई छ । किबीको व्यवस्थीत खेती, रोग किराको उपचारका वारेमा शीतोष्ण वागवानी विकास केन्द्रसँग समन्वय गरेर अगाडी बढ्ने गरेको उहाँको भनाई छ ।

पटक पटक शीतोष्ण वागवानी विकास केन्द्र मार्फा नै पुगेर तालीम र जानकारी लिने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयको भनाई छ । लालबहादुरले ग्रेडीङ गरेर ग्रेड अनुसार एक सय ५० देखि तीन सय रुपैयाँ प्रतिकिलो किबी बेचेको बताउनु हुन्छ ।

‘सानालाई १ सय ५० मा पनि बेचियो भने कतिपय सुरुको समयमा तीन सय रुपैयाँसम्म पनि बेचेको छु, लालबहादुरले भन्नुभयो, तर सरदर हिसाब गर्ने हो भने दुई सय रुपैयाँ प्रतिकेजी हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *