पाँच लाखको सुन सहित दुई किशोर पक्राउ

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले चोरी गरेको सुन सहित दुई जना किशोरलाई पक्राउ गरेको छ । म्याग्दी घर भएका अनुमानित १३/१४ बर्षका दुई किशोरलाई बागलुङ नगरपालिका वडा न. ६ बाट पक्राउ आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुको साथबाट सुनको औंठी, सिक्रि सहित करिब ५ लाख रुपैया“ बराबरको सामाग्री जफत गरिएको छ । उनीहरुलाई सीसी क्यामेराको सहायतामा पहिचान गरि पक्राउ गरिएको हो ।

पक्राउ परेका किशोरहरुलाई बाबु आमाको जिम्मा लगाएर छोडिने बताइएको छ । अहिले उनीहरुको बाबु आमाको खोजी भइरहेको जिल्ला प्रहरीकार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक केसीले बताउनुभयो ।

“भरखरका किशोर रहेछन्, उनीहरुलाई अभिभावकको जिम्मा लगाउने कुरा भइरहेको छ”उहा“ले भन्नुभयो “अभिभावकको खोजी भइरहेको छ, अभिभावक पत्ता लागेपछि अभिभावकको जिम्मा लगाउने छौं ।”

उनीहरुले शुक्रबार सा“झ बागलुङ नगरपालिका वडा न. २ मा रहेको मन कुमारी खड्काको घरबाट सुनका गरगहना चोरी गरी फरार रहेका थिए ।

उनीहरुले खड्काको घरको ताला फोडेर २ तोला सुनको औंठी, एक÷एक तोलाको दुई वटा सुनको चुरी, ३० रतिको सुनको औंठी, मोबाइलको चार्जर लगायतका सामाग्री चोरी भागेका थिए । घरमा कोही पनि नभएको समयमा चोरी भएको मन कुमारी खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *