करेन्ट लागेर म्याग्दीमा एक जनाको मृत्यु


आदर्श अनलाइन, म्याग्दी

जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेण्ट लागेर मृत्यु भएको छ ।

टुण्डी हाइड्रोको कन्सट्रक्सनको काम गर्दै रहेको रामेछाप कन्ट्रक्सनका मजदुर सल्यान बागचौर नगरपालिका–८ का ३२ वर्षिय कमल योगीको मृत्यु भएको हो ।

चिमखोला स्थीत टुण्डी हाइड्रो पावरको विद्युत निर्माणको कन्सट्रक्सनको काम हुँदै रहेको स्थानमा काम गर्दै गरेको समयमा योगीलाई एक्कासी करेन्ट लागेको र उहाँलाई जोगाउने प्रयास गर्दा रामेछाप जिल्लाको लिखातामा गाउँपालिका–६ का प्रविण थापालाई समेत करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी अशोक कुमार झाले जानकारी दिनुभयो ।

बुधबार बेलुका करेण्ट लागेपछि दुवै जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएकोमा अस्पतालका डाक्टरले योगीलाई मृत घोषणा गरेको सुचनाअधिकारी झाले जानकारी दिनुभयो । एक जनाको भने अहिले बेनी अस्पतालमा उपचार भै रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *