मा.वि स्तरीय विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगितामा आदर्श विद्यामन्दिर प्रथम

रोहन जि.सी, बागलुङ

बागलुङमा विद्यार्थीहरुको क्षमता अभिृद्धिका लागि अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । अमर आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताले बालबालिकाहरुलाई प्रतिभा प्रस्फुटनको साथै एक अर्का विद्यालयको अवलोकन गर्ने अवसर सिर्जना गरेको बताउनुभयो ।

उहाँले यस प्रकारका कार्यक्रमलाई नियमित रुपमा एकअर्का विद्यालयमा आयोजना गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

माध्यमिक तह स्तरिय विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगितामा बागलुङका १९ वटा विद्यालयको २० टिमको सहभागिता रहेको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय प्रथम, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल द्धितिय, गणेश माध्यमिक विद्यालय तृतिय र अमर आदर्श आवासीय माध्यमिक विद्यालयले सान्तवना स्थान हासिल गरेका छन्।

अन्तर माध्यमिक विद्यालय स्तरिय अतिरीक्त क्रियाकलापले एक अर्का विद्यालयका वाल क्लवका बालबालिकाहरु विचको सम्वन्ध आदानप्रदान तथा क्षमता अभिवृद्धिका लागि अन्तरविद्यालय स्तरिय विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको शिक्षक अटल अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथमलाई पुरस्कार नगद रू. ६,०००, ट्रफी, मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु. ४,०००, ट्रफी, मेडल र प्रमाण पत्र, तृतिय पुरस्कार नगद रू. ३,०००, ट्रफी, मेडल र प्रमाण पत्र, सान्तवना पुरस्कार नगद रू. १,०००, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

हाजिरीजवाफमा विज्ञान प्रविधी विषयक सम्बन्धित तहको पाठ्यपुस्तकमा आधारित, समसामयिक, र्यापिड फायर गरी विभिन्न विधाका प्रश्नहरू सोधिएको थियो ।

कार्यक्रम अमर आदर्श आवासीय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विजयराज पन्तको अध्यक्षता, प्रधानध्यापक हेमन्त थापाको स्वागत, शिक्षक कमल पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *