म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्ष सुविन श्रेष्ठ


आदर्श अनलाइन, म्याग्दी

निजी क्षेत्रको नेता संगठन म्याग्दी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत सर्वसम्मत रुपमा चयन भएको छ ।

शनिबार देखि शुरु भएको वार्षिक साधारणसभा आइतबार राती सकिएको थियो । म्याग्दी उद्योड बाणिज्य संघको निवर्तमान अध्यक्षमा बेलबहादुर कटुवालले दिएको जानकारी अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लिलाराम गौतम, द्वितिय उपाध्यक्ष अमृत बानियाँ, महासचिव नारायण जिसी, कोषाध्यक्ष सुमन श्रेष्ठ, सचिब मोतिलाल पौडेल, सहसचिव टेकप्रसाद सापकोटा र सहकोषाध्यक्ष बाबुराम आचार्य चयन हुनु भएको छ । मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले नयाँ कार्यसमितिको विवरण सुनाउनु भएको थियो ।

विभिन्न बस्तुगत सहित ३७ सदस्यीय कार्यासमिति रहने उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सम्रग जिल्लाका उद्योगी, व्यापारीको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाको नितिनियम अनुसार उद्योगी व्यवसायीको हकहित र सुरक्षासँगै संस्थाको गरिमा बढाउने गरी काम गर्ने बताउनुभयो ।

म्यागदी उद्योग बाणिज्य संघको तीन वर्षे कार्ययोजना अन्तर्गत पर्यटन, उत्पादन, कृषि, जडिबुटी, हाइड्रोलगायत क्षेत्रमा लगानी भित्राउन नेपाल उद्योग बाणिज्य महासंघमार्फत निजी क्षेत्रलाई आर्कषित गर्ने उहाँको भनाई थियो । म्याग्दीमा लगानीको वातावरण बनाउन अनुकुल छ त्यसकालागि लगानी सम्मेलन समेत गर्न सकिने उहाँको भनाइ छ । अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लामा बसाइँसराइ रोक्न र व्यवसायीलाई चलाएमान बनाउन समेत सहजीकरण गर्ने नयाँ कार्यसमितिको योजना रहेको छ ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघका पूर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, कुविरकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, जीवनबहादुर विश्वकर्माले बधाई ज्ञापन गर्नुभएको थियो । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेको औपचारीक कार्यक्रम पछि सर्वसहमतिका लागि निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल, पूर्व अध्यक्षहरु प्रमोद श्रेष्ठ, उत्तम कर्माचार्य, जीवनबहादुर बिश्वकर्मा लगायतले लामो प्रयास गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *