लेखानीकी क्यासर पीडित विकलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका–८ लेखानीकी एक क्यान्सर पीडित महिलालाई पोर्चुगलमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । आन्द्राको क्यान्सरबाट पीडित अनिता विकलाई पोर्चुगलमा बस्ने नेपालीहरुले पठाएको सहयोग रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

काठेखोला गाउँपालिका–८ लेखानीको संयोजनमा पोर्चुगलमा बस्ने नेपालीहरुले पठाएको ८० हजार ७९५ र जापानबाट पठाएको ५ हजार रुपैयाँ गरि ८५ हजार ७९५ रुपयाँ विकका छोरा थम्मन बिकलाई हस्तान्तरण गरिएको छ । पोर्चुगलमा बस्ने लेखानीका सागर कँडेल, शिवलाल कँडेल र सन्दिप कँडेलको नेतृत्वमा सहयोग संकलन गरिएको थियो ।

रकम हस्तान्तरण गर्दै लेखानीका वडा अध्यक्ष प्रमानन्द कँडेलले सहयोग गर्ने पोर्चुगलबासीलाई धन्यवाद दिनुभयो । उहाँले आर्थिक सहयोगले विकको उपचारमा सघाउ पुग्ने बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकी विकको उपचारको लागि यसभन्दा पहिला लेखानीमा पनि सहयोग संकलन गरिएको थियो ।

उपचारमा ठूलो रकम लाग्ने भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको थियो । वडाले यसभन्दा अघि पनि विभिन्न दीर्घरोगीहरुको उपचारको लागि आर्थिक सहयोग संकलनको संयोजन गरि सहयोग हस्तान्तरण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *