भविष्य पुराणमा कलियुगका गतिविधि

सरोजराज पन्त
भविष्य पुराण यति फराकिलो छ कि यसको पूर्ण सारांश कुनै पनि लेखमा लिन सकिँदैन, त्यसैले यो पुराणलाई गहिराइमा जान्नको लागि यो पढ्नुपर्छ किनभने वेद र पुराणहरू भन्दा बढी ज्ञान यस संसारमा कुनै पनि पुस्तकमा छैन । सनातन धर्मका विद्वानहरू भविष्य पुराणमा पचास हजार श्लोक रहेको विश्वास गर्छन् तर समयसँगै धर्म, गुरुकुल शिक्षा र सनातन सभ्यताको ह्रास हुँदा हजारौं वर्ष पुराना ग्रन्थ, वेद र पुराणमा लेखिएका कुराहरूको महिमा कम हुन थालेका छन् । पुराणका अंशहरू लोप हुदै आएका छन ।

भविष्य भनेको भोलि जुन भएको छैन तर हुन लागेको भन्ने हहो । यसलाई सबैले जान्न चाहन्छन् र परिवर्तन गर्न चाहन्छन् । वर्तमानमा बाँच्दा भविष्य जान्न मानिसमा धेरै जिज्ञासा हुन्छ । यदि भविष्यवाणीमा विश्वास छैन भने एकपटक भविष्य पुराणमा लेखिएको विषयवस्तु अवस्य पढ्नुपर्छ । भविष्यवाणी बाहेक भविष्य पुराणमा विक्रम र बेतालबीचको वार्तालापको कथा वर्णन गरिएको छ, साथै आयुर्वेद, तीर्थस्थल, धार्मिक उपदेश, व्रत, कथा, दैनिक कर्मकाण्ड, परम्परागत संस्कृति र अनुष्ठानहरू वर्णन गरिएको छ । भविष्य पुराणको सबैभन्दा रोचक पक्ष यो छ कि भविष्यका घटनाहरू स्पष्ट शब्दहरूमा वर्णन गरिएको छ ।

मानिसहरू प्रायः सोच्छन् कि यो भविष्य हेर्न सम्भव छ, वा त्यहाँ समय यात्रा जस्तो चीज छ? के एक व्यक्तिले हजारौं वर्ष पछि घट्ने घटनाहरू देख्न सक्छ, आदि। यसको उत्तर हो, हाम्रा पुर्खाहरूले यस संसारमा हुने अधिकांश घटनाहरू हजारौं वर्ष पहिले नै वर्णन गरिसकेका छन् । महर्षि वेदव्यासद्वारा लिखित भविष्य पुराणमा यस्ता धेरै भविष्यवाणीहरू छन् जुन पछिल्लो हजारौं वर्षहरूमा हुनेछन् । अहिले विगतमा गरेका भविष्यवाणीहरू सत्य साबित भएका छन । यो हजारौं वर्षसम्म सत्य रहिरहने यस्ता विषय लोप हुने तर दुर्भाग्यको कुरा विदेशीहरूका सिद्धान्तलाई बढी महत्वपूर्ण ठान्ने कारण सनातन धर्मका पुराणहरूमा लेखिएका कुराहरूलाई नपढि नै गलत साबित गर्ने गरिएको छ । भविष्य पुराणले जेजति हाम्रो भविष्यको बारेमा बताउँछ, त्यसैले भविष्य पुराणको बारेमा विस्तृत रूपमा जान्नको लागि, भविष्य पुराणको बारेमा गहिरो बुझ्न सकोस् भनेर यो लेखतयार गरिएको छ ।

भविष्य पुराण महर्षि वेदव्यासद्वारा रचिएका १८ पुराणहरू मध्ये एक हो र यस पुराणको नाम सुनेर मात्रै यसमा भविष्यवाणी लेखिएको हुनुपर्छ भन्ने बुझिन्छ । भविष्यमा घटेका र हुनै लागेका धेरै घटनाहरू छन्, जसबाट मानिस पूर्णतया अनभिज्ञ छ । पुराणहरूमा विगतको इतिहासको बारेमा यति विस्तृत रूपमा लेखिएको छ कि इतिहासकारहरूले पनि इतिहासको सृजना गर्न भविष्य पुराणको आधार लिनु परेको छ।भविष्य पुराणलाई सूर्य पुराण पनि भनिन्छ किनभने यसमा सूर्य भगवानको आकार, कृपा उल्लेख गरिएको छ ।सूर्य भगवानको महत्व र आराधनाको वर्णन गरिएको छ ।

भविष्य पुराणमा भनिएको छ कि एक पटक सम्राट शालिवाहन लद्दाख तर्फ यात्रा गर्दै थिए, उनको नजर एक ध्यानमा बसेको व्यक्तिमा पर्यो, तब सम्राटले त्यो व्यक्तिलाई तिमी को हौ र कहाँबाट आएका हौ भनेर सोधे, तब उनले जवाफ दिए, मेरो नाम ईसा हो । म कुमारी आमाबाट जन्मेको छु र दुष्टता बढ्दै गएको देशबाट शान्ति खोज्न आएको हुँ । भविष्य पुराणमा इस्लाम र ईसाई धर्मको बारेमा विस्तृत रूपमा लेखिएको छ । यी सबै वेद व्यासले लेखेका थिए । यी धर्महरूको उत्पत्ति हुन हजारौं वर्ष बाँकी थियो । यति मात्र होइन भविष्य पुराणमा पनि गौतम बुद्धको वर्णन गरिएको छ । आजसम्म पुराणका पाठकहरूले वेदव्यासले विभिन्न पुराणहरूमा एउटै व्यक्तिको बारेमा फरक–फरक कुराहरू किन लेखे भन्ने कुरा बुझाउन सकेका छैनन् । त्यसैले अझ गहिरिएर जान्नको लागि यो पुराण पढ्नुपर्छ ।

भविष्य पुराणमा कलियुगको बारेमा के लेखिएको छ ?
भविष्य पुराणमा पृथ्वीमा मानव जीवनको अन्त्यको बारेमा जसरी लेखिएको छ, त्यसलाई वर्तमान परिस्थितिको सन्दर्भमा हेर्दा यो सही साबित हुदैं गएको छ । भविष्य पुराणमा भनिए अनुसार यस संसारमा संस्कृति र संस्कृत भाषा दुवैको अस्तित्व समाप्त हुनेछ । कलियुगमा वेदको पालना हने छैन । शिष्यले गुरुको सम्मान गर्दैन, न त छोराले माता पिताको सेवा गर्छ न त धर्म मान्नेछ । बलवान मानिस सबैको मालिक हुनेछ, मानिसहरूले केटी बेचेर पैसा कमाउनेछन् । कलियुगमा मान्छेलाई पैसाको घमण्ड हुनेछ । महिलाले धनीलाई मात्र मन पराउनेछन् र गरिब पुरुषलाई त्याग्नेछन् । परोपकार हुनेछैन ।मानिसको बुद्धि पैसा जम्मा गर्नमा मात्र हुनेछ। कलियुगका मानिसहरू सधैं मानसिक डिप्रेशनबाट ग्रसित रहन्छन् । यसका अलावा बाढी, खडेरी र युद्धबाट मानिसहरू मर्ने छन् । कलियुगमा सधैँ भोकमरी रहनेछ, वर्षा रोकिनेछ, शासकहरूले जनतालाई लुट्नेछन् ।

विवाह पुर्व युवतीहरूले सन्तान जन्माउनेछन् । मानिसको आयु क्रमशः घट्दै जानेछ र भगवानप्रतिको भक्ति कम हुनेछ । मानिसका कारण पृथ्वीमा बिभिन्न प्रलय आउनेछन । धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन अवधि, शारीरिक शक्ति र स्मृति प्रत्येक मानिसमा दिन–दिनै घटदै जानेछ । कलियुगमा धन सम्पति हुने मानिसलाई सर्वगुणी मानिनेछ र कानून, न्याय केवल एक शक्तिको आधारमा लागु हुनेछ । यस युगमा विवाह पुर्व पुरूष र स्त्री साथ–साथै बस्नेछन् । व्यापारमा सफलता छलमा निर्भर हुनेछ । पहिलाको समयमा जो ब्राह्मण थिए उनिहरुले आफ्नो शरीरमा धेरै कुराहरु धारण गर्दथे भने कलियुगमा ति मानिसहरु एक धागा जनै लगाएर आफुलाई ब्राह्मण हँु भनेर दावि गर्नेछन् । जो व्यक्ति धेरै चलाख र स्वार्थी हुन्छन् उनिहरु यस युगमा धेरै विद्वान मानिनेछन् । यस युगमा जो व्यक्तिसँग धन हुदैन ऊ अधर्मी, अपवित्र र बेकारको मानिनेछ ।

विवाह केवल एक सम्झौता मात्र हुनेछ । मानिसहरु नुहाएरनै अन्तरआत्मावाटनै सफा सुघर रहेको सम्झने छन् । पेट भर्नुनै मानिसहरुको लक्ष्य हुनेछ । मनुष्यको सुन्दरता उसको कपालमा हुने मानिनेछ । पृथ्वी भ्रष्ट मानिसहरुले भरिनेछ र मानिसहरु सत्ता हासिल गर्नको लागि एक अर्काको ज्यान लिनेछन् । अकाल र अत्याधिककरणद्वारा परेशानी भोग्ने छन, मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् । मौसम परिवर्तन भएर चिसो, हावा, गर्मी, पानी र हिउँले मानिसलाई चिन्तित बनाउनेछ । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको थियो । तर आश्चर्य लाग्दो कुरा यसमा कलियुगमा के के घटना हुने छन् ।

भविष्यवाणी श्लोक १
ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया । कालेन बलिना राजन् नङ्क्ष्यत्यायुर्बलं स्मृतिः ।।
धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रति दिन घट्दै जानेछ । वर्तमान समयमानै यो समस्या देखिदैं आएको छ ।

श्लोक २
वित्तमेव कलौ नककणां जन्माचारगुणोदयः । धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ।।
कलियुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । कानून, न्याय केवल शक्तिका आधारमा लागू गरिने छ । अहिलेको शासन पद्धति, सत्ता, शतिm, शासकीय स्वरुप धनबाट निर्धारण भएको छ ।

श्लोक ३
दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके । स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ।।
कलियुगमा पुरुष (स्त्री विवाह विना नै एक अर्काबीच रुचीका आधारमा साथ बस्न थाल्नेछन् । विवाह नगरी विवाह पुर्व अन्तरङ्ग सम्बन्धसहित एकै ठाउँमा मिलिजुली बस्ने परम्परा ‘लिभिङ टुगेदर’ को विकास भएको छ । विवाह पहिले ‘रिलेसनसिप’मा रहेर यौनाचार गर्ने कार्यलार्ई ‘लिभिङ टुगेदर’ भनिन्छ । यो प्रचलन अहिले सहरी जीवनमा दिनहुँ बढि रहेछ । यसलाई फरक फरक दृष्टिले व्याख्या गर्ने गरेको पाइन्छ । कसैले समाजको यौनाचारप्रति रहेको संिक्रण धारणामा आएको आमुल परिवर्तन भन्दछन । कसैले बाह्य असर त कसले बिकृति आएको भन्दै बिरोध गर्दछन ।

पश्चिमा समाजमा पछिल्लो समय विकास भएको यो प्रचलन सीमान्त हुँदै अहिले सर्वस्वीकार्यमात्र भएको छैन क्रमश सामान्य बनेको छ । नेपाली समाजमा भने केही बर्षयता यसको प्रभाव देखिन थालेको छ । महिला र पुरुष दुवैथरीले कालान्तरमा पति–पत्नी भएर जीवनयापन गर्ने उद्देश्य राखेर थालनी गर्ने ‘लिभिङ टुगेदर’ संस्कृतिले नेपाली समाजको विवाहकर्मको महत्वलाई निरन्तर चुनौती दिइरहेको छ । यौन आनन्द, बच्चा जन्माउन विवाह गर्ने पर्ने संस्कृतिमा हमला गरेको छ । यसैरी व्यापारको सफलता छल कपटमा निर्भर हुनेछ । कलियुगमा ब्राह्मण सिर्फ एक जनै धागो लगाएर ब्राह्मण हुने दाबी गर्छ ।

श्लोक ४
लिङ्गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् । अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ।।
जो मानिस घूस दिन या धन खर्च गर्न असमर्थ हुन्छ । त्यसले अदालतबाट न्याय पाउन सक्ने छैन । जो व्यक्ति बहुत चलाख तथा स्वार्थी हुन्छ ऊ यो युगमा निकै विद्वान मानिन्छ ।

श्लोक ५
क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया । त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम् ।
मानिसहरु भोक–प्यास तथा कयौं खालका दुःख चिन्ताका कारण दुखि रहनेछन् । कलियुगमा मनुष्यकी उमेर घट्ने छ । उमेर केवल बीस वर्षको हुनेछ ।

श्लोक ६
दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् । उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ।।
मानिसहरुले टाढाको नदी तलाउलाई तीर्थ मान्छन् तर आफ्नो नजिक रहेका आमा बुबालाई बेवास्ता र निंन्दा गर्छन् । कपाल पाल्नै सुन्दरता मानिन्छ । जसरी भएपनि पेट भर्नु मानिसको लक्ष हुनेछ ।

श्लोक ७
अनावृष्ट्या विनङ्क्ष्यन्ति दुर्भिक्षकरपीडिताः शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ।। पृथ्वीमा पानी कम पर्नेछ । सुख्खा हुनेछ । कहिले निकै जाडो हुनेछ भने कहिले निकै गर्मी हुनेछ । कहिले आंधी आउने छ भने कहिले बाढी आउँनेछ । यस्ता परिस्तिथिका कारण मानिसहरु समस्यामा पर्ने छन् र नष्ट हुन थाल्ने छन् ।

श्लोक ८
अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु । स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ।।
कलियुगमा जो व्यक्तिसँग धन हुनेछैन ऊ अधर्मी, अपवित्र तथा बेकार मानिनेछ। विवाह दुई जनाबीच एक सम्झौता हुनेछ । मानिसले नुहाउँदैमा अन्तरआत्मादेखि शुद्ध भए भन्ने सोच्छन् ।

श्लोक ९
दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् । एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ।।
धर्म–कर्मको काम मात्र मानिसका अगाडि राम्रो देखिन तथा देखावटीका लागि हुनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ । मानिस सत्ता प्राप्तिका लागि एक अर्कालाई मार्ने छन् ।

श्लोक १०
आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् । शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ।।
अकाल तथा अत्याधिक करका कारण समस्यामा परेका मानिस घर छोडेर सडक तथा पहाड गुफामा बस्न बाध्य हुनेछन् । साथै मानिहरु रुख विरुवाका पात जरा मासु जंगली मह फूल तथा बीज खान बाध्य हुनेछन् । भविष्य पुराण र श्रीमद्भागवत गीताका अनुसार पृथ्वीमा जीवन समाप्त भएपछि पृथ्वीबाट गंगा नदी सुक्छ, खेतहरू उर्वर हुँदैनन्, गर्मी यति बढ्छ कि पिउनलाई पानी हुँदैन । अहिले नदीहरु अत्यन्त प्रदूषित र सुक्खा भएको कारण, ग्लोबल वार्मिङ बढिरहेको छ । त्यसको परिणाम भविष्यमा मानव जातिले भोग्नुपर्नेछ ।

भविष्य पुराण किन पढ्नुपर्छ ।भविष्य पुराण लगायतका बाँकी पुराण र शास्त्रहरू केही पानाको सानो पुस्तक होइन, यो सनातन धर्मका ज्ञानी पूर्वजहरूको महानताको गाथा हो । यसमा उनीहरूले भावी पुस्ताका लागि आफ्नो ज्ञान लेखेका छन् । तर दुर्भाग्यको कुरा के छ भने हामी सनातन धर्मका यस्ता लाखौं ग्रन्थ, वेद, पुराण र ग्रन्थहरू नपढने र अपव्याख्या गर्नाले अस्तित नष्ट हुने खतरा बढेको छ ।

पुराण हिन्दु धर्म र संस्कृतिको विश्वकोष हो । वर्षदेखि यो पुराणले हिन्दू समाजको धार्मिक, सामाजिक र लौकिक मर्यादा स्थापनामा महत्वपूर्ण भूमिका खेलेको छन ।सामाजिक मूल्यमान्यतालाई टेको दिने वा भत्काउने भन्ने संरचनाको दोसाधमा परम्पराकै बिँडो थामिरहेको अवस्था उत्तिकै छ । त्यसैले यसपुराणमा गरिएका भविष्यवाणीका तथ्यहरुलाई आत्मसाथ गरि नेपाली समाजलाई कता लैजाला र पश्चिमा समाजको सर्वस्वीकार्यले हाम्रा मूल्यमान्यतामा कस्तो असर पुग्ला वहस हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *