लैंगिक हिंसा विरुद्धकोे १६ दिने अभियान

सरोजराज पन्त
नेपालमा हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिनसम्म विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धकोे अभियान विश्वभर मनाइँदै आएको छ । ’लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान यसपटक पनि सुरु भएको छ । तर, नेपालमा महिला हिंसाको ग्राफ भने जति अभियान चलाए तापनि प्रत्येक वर्ष उकालो लागिरहेको छ । प्रहरीमा पेश वा दर्ता नभएको तथ्यांक भन्दा बाहिरको सख्या हेर्दा यो सख्या अझ बढी रहेको छ । म्हिलाहिंसा घर देखि कार्य स्थलसम्म र यातायात, बाटोघाटो, मठ मन्दिर, विद्यालय, कार्यस्थल, सार्वजनिक स्थल र परिवारभित्रै दैनिक हिंसाका घटनाहरु भइरहेका छन ।

माता, लक्ष्मी, सरस्वती, दुर्गा, कालीआदि नामबाट शक्ति को पुजा गर्ने समाज आजसम्म पनि नारिशतिmको महिमा नबुझेको छ कसरी भन्नु तर व्यवहार भने उही छ भन्दा आश्चर्य मान्ने अबस्था छ । देबीको नाममा पुकारिने नारी शक्ति जननी हुन, आमा र सृष्टिदाता हुन तर उनलाई आजसम्म पनि नेपाली समाजमा फरक ढगले हेर्ने गरेको कारण लैंगिक हिंसाविरुद्धकोे १६ दिने अभियान सन्चालन गरिरहनु परेको छ तथापि अपेक्षित सफलता हासिल गर्न नसकेको अबस्था छ ।

कानुनको दृष्टिमा महिला र पुरुष बीच समानताको अधिकार स्थापित हुन्छ भनिएको छ तर किन अझैपनि समान व्यवहारका साथ महिला र पुरुषलाई हेर्न समाज चुकेको छ । एक्ले हिडन, बस्न र जता गएपनि महिलालाई होच्याउने, उनीहरुलाई पीडा दिने, उनीहरुको अधिकारमा आँच आउने कुराहरु भई रहेका छन । महिलालाई घर परिवार, कार्यालय, सार्वजनिक स्थलमा शारीरिक, मानसिक, आर्थिक एवं सामाजिक रुपमा क्षति पुग्ने काम दिनहुँ भईरहेको छन तर सरकार र सबद्ध निकाय मौन रहका छन ।

महिलालाई परम्परागत वा आधुनिक किसिम गरी दुई किसिमबाट हिंसा हुने गरेका छन । परम्पराको आधारमा चलिआएको रीतिरिवाज र अन्धविश्वासको आडमा घर परिवार र समाजबाट महिला हिंसाहरु हुने गरेका छन जस्तै विधुवा महिलालाई गरिने झुमा प्रथा, देउकी प्रथा, बोक्सी आदि हुन र महिलालाई सञ्चार माध्यम रेडियो, टिभी, पत्रपत्रिका आदिबाट गरिने हिंसालाई आधुनिक हिंसा भनिन्छ । हिंसाको अन्त्य गर्नको लागि शिक्षा, रोजगार, समान अबसरमा महिलाहरुको पहुँच हुन आवश्यक छ ।

अहिले महिलाहरुमाथि सबैभन्दा धेरै घरेलु हिंसा हुने गरेको छ । तर, घरेलु हिंसाका उजुरी नगण्य मात्रै प्रहरीमा दर्ता हुन्छन । प्रहरीले पीडकलाई सामान्य सचेत गराएर मिलापत्र गरी पठाउने गर्दछ । घरेलु हिंसामा कारबाही फितलो भएकाले पनि घटनाहरु दोहोरीने गरेका छन । यसबर्ष महिला हिंसाका १८ हजार ४२३ उजुरी प्रहरीमा पुगेका छन्, सबैभन्दा धेरै हुने घरेलु हिंसामा बलात्कारका घटना रहेका छन । अधिकांश घटनाहरु ठूलाबडाले मिलापत्रका नाममा गाउँमै दबाउँछन् भने प्रहरीसम्म पुगेका घटनामा पनि गतिलो अनुसन्धान भएको देखिदैन । निर्मला, भागिरथी लगायतका घटनाबाट पनि यस्ता प्रश्न जनमानसमा उठने गरेका छन । बिगतका घटनामात्र होइन चालू आवको अहिलेसम्म घरेलु हिंसाका पाचँ हजार भन्दा बढी उजुरी परेका छन ।

विश्वव्यापी रुपमा महिलाको अवस्था केही विकसित मुलुकको अवस्थालाई छोडेर हेर्दा कुनै न कुनै उत्पीडन एवं चपेटामा नपरेको विरलै पाइन्छ । कानुनले विश्वव्यापी रुपमा महिला माथि हुने भेदभावपूर्ण व्यवहार अन्त्य गर्दै समतामुलक समाज निर्माण गर्नका लागि सन् १९७९ डिसेम्बर १८ मा महिला विरुद्धका सबै भेदभाव अन्त्य गर्ने कानुन बन्यो । यो कानुनको मुख्य उद्धेश्य लैङिक रुपमा गरिने अन्याय पुर्ण व्यवहारको अन्त्य गर्नु रहेको थियो । यद्यपि अहिले ४२ वर्ष भै सकेको छ । तर पनि महिलाहरुको पीडाको अन्त्य भने अझै हुन सकेको छैन । महिला र पुरुष विच लैङगीय आधार वा अन्य कुनै बहानामा कुनै क्षेत्रमा भेदभाव गर्न पाइदैन भनिए तापनि महिलाहरुलाई हरेक क्षेत्रमा भेदभाव गरिएको अबस्था बिधमान छ । पुरुषबाटमात्र होइन महिला महिलाबाटै पिडित भएको अबस्था पनि बढिरहेको छ ।

शिक्षाले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले महिलाहरुलाई जीवनको हरेक पाइलामा सबल किसिमले डो¥याउन र निर्देशन दिन मद्दत गर्दछ । असल खराबबीच भिन्नता बुभ्न, संसारको घटना, मानवीय व्यबहार जान्न, अनुभव हासिल गर्न शिक्षा अनिवार्य छ । अतः शिक्षा हाम्रो जीवनको अविभाज्य अंश हो । यसैले यो हाम्रो दैनिक जीवनको एक हिस्सा र पार्सल भएको छ । शिक्षा कुनै पनि देशको विकासको लागि आवश्यक छ । यो एक राष्ट्रको विकासको आधारको रूपमा काम गर्दछ । यो गरिबी निवारणको महत्वपूर्ण आधारशीला हो ।

शिक्षा बिना, कुनै पनि देशको विकास हुन्छ भन्नु केवल हावामा महल बनाउन प्रयास गर्नु जस्तै हो । शिक्षाको सन्दर्भमा आमा बुबाले छोरा र छोरीबीच भेदभाव गर्नु हुँदैन । मानिसहरूलाई शिक्षित गर्नु भनेको व्यक्तिको चरित्र र मानसिक शक्तिलाई विकास र आकार दिनु हो । तर समाजमा यो अबस्था छैन् । अब राज्यले महिलाको शिक्षाको लागि थप सजग र सचेत हुनु पर्दछ । यदि हामी एउटा घरमा बत्ती बाल्छौं भने सम्पूर्ण सडक उज्यालो हुन्छ, त्यस्तै गरी यदि महिलाहरु महिलालाई शिक्षा दिन्छौं भने सारा घर, समाजर देश शिक्षित र सवल हुन्छ । हामी यसलाई मदर टेरेसाले समाज र देशमा गरेका कार्यहरूबाट प्रमाणित गर्न सक्दछौ । उनी एक शिक्षित महिला थिइन त्यसैले उनी विश्वका हजारौं व्यक्तिको जीवन बचाउन सफल भइन । जबसम्म महिलालाई उचित शिक्षा दिइदैन, तव सम्म घर परिवा, समाज र देशको अवस्था जस्तो छ त्यस्तै रहनेछ ।

पुरुष र महिला समान अबसरमा चल्न र समान व्यवहारबाट फाइदा लिन सक्नुपर्दछ । यदि उनीहरू शिक्षित छन भने मात्र उनीहरूलाई राम्रो काम गर्न, असल पुस्तकहरू पढ्न सम्भव छ । यस अवस्थामा महिला पुरुष सरह समान अबसर पाउन सक्दछन भने समाजले पनि समान ब्यवहार गर्न अति आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *