धार्मिक विश्वास र मौलिक दिशा पुजा

सरोजराज पन्त
हाम्रो देश नेपाल विविधता र एकताले एक बनेको छ । नेपालीहरु बहुजातिय ,बहुभाषी, बहुसांस्कृतिक रुपमा एक भइरहेका छौ । नेपाल भन्ने देश विश्वमा १७ ओटा देशमात्र अस्तित्वमा रहेको बेला पनि अस्तित्वमा रहेको प्राचिन देश हो । हामी नेपालीसंग जोडिएका हरेक चाडपर्व संस्कार संस्कृति, रीतिरिवाजहरु छन् । यी चाडपर्वहरु प्रत्येक जातजाति, स्थान अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ । नेपालका गौरापर्व, उधौली, उभौली, दशै, तिहार, ल्होसार, माघीपर्व, फागुपुणिमा आदि फरक फरक जातजातिका चाडपर्व भएपनि नेपाल भित्रै मनाइने चाडपर्व हुन् । नेपाल भौतिक रुपमा सानो भएपनि यस्ता चाडपर्व र धर्म संस्कृतिले गर्दा विशाल छ, जसरी एउटी आमाको छाती सबै सन्तानका लागि उत्तिकै प्यारो र आत्मिय हुन्छ ।

हाम्रा चाल चलन, परम्परा, विश्वास, मान्यता आदिले हाम्रो जिवन पद्धतिलाई अगाडि बढाउन मद्धत पुगेको छ । नेपाली साँस्कृतिक विविधतामा मध्ये तान्त्रिक विधिद्धारा गरिने पुजा तथा शक्तिको साधना त्यस प्रतिको विश्वासले आत्मवल बढ्ने र गरिएका कामहरु सफल हुन्छन् भन्ने मान्यता रहेको छ ।

नेपालको गरिमालाई बढाउने, संसारमा देख्न नपाइने अति रमाइला र अनौठो विशेषता बोकेको चाडपर्वहरु नेपालमा मात्र हेर्न र अनुभव गर्न पाइन्छ । नेपालको कलासंस्कृति र परम्परा विश्वमै अद्धितिय रहेको छ । तर अहिले पछिल्लो समयमा हरेक क्षेत्रमा विदेशी संस्कारले छोएर आफ्नो झर्रा संस्कार बिर्सदै गएको छ । यसले गर्दा हाम्रो पुखौँदेखि चलिआएको कलासस्ंकृति ओझेलमा परेको छ । हामीसँग जोडिएका चाडपर्व कलासंस्कृति, रीतिरिवाज पछिल्ला पुस्तामा आइपुग्दा बिर्सने चलन बढ्न थालेको छ । अहिलेका युवाहरु आफ्नो नेपाली नयाँ वर्ष बैशाख १ भन्दा बिदेशी नयाँ वर्ष जनवरी १ मनाउन तामझामका साथ तयारी गर्ने गर्दछन् । यसो गर्दा हाम्रो मौलिकता लोप हुर्दै गएको छ ।

अहिले नेपालीहरु अरुको संस्कृतिमा रमाउने गर्नले हाम्रा संस्कृति र परम्पराहरु हराउँदै जान थालेका छन् । केहि वर्ष अघिसम्म निरन्तरता पाइरहेका मौलिक पर्वमा रहेका ठेट पन र पुख्र्यौली शैली हराउदै गएका छन् । आजका युवावर्गहरुले पुरानो संस्कार र मौलिकता भुल्दै जानु, पाश्चात्य संस्कारको भुलभुलैयामा आफुलाई चुर्लुम्म डुबाउनुले मौलिकता हराउँदै गएका छन । भिन्न भिन्न सांस्कृतिक गुण र व्यवहार भएका मानिसहरु एक आपसमा संलग्न भएपछि एक अर्काका संस्कृतिक अवलम्बन हुनु स्वभाविक मानिन्छ । यद्यपि आधुनिकताको विकासले गर्दा कला र संस्कृतिको जर्गेना गर्न चुनौति थपिएको छ । यदि हामीले समयमै सोच्न र बुभ्ःन सकेनौ र थप अनुसन्धान गर्न सकेनौ भने हाम्रो संस्कार संस्कृतिमा गम्भिर चुनौति थपिनेमा दुइमत छैन ।

गाउँमा नयाँ प्रविधि भित्रिएका छन् । पहिलेका पुर्खाले जोगाएर राखेका कलासंस्कृति जोगाउन नयाँ पुस्ता लागिपरेका छैनन् । आधुनिक प्रविधिसँगै सबैको हातमा मोवाइल छ । पहिलेका टेप, रेडियो पनि हराए । आधुनिकता र सभ्यताको नाममा अरुको संस्कृतिको नक्कलले आप्ःनो संस्कृति ओझेलमा परेको पत्तो पाइरहेका छैनौं ।

मानिसले आधारभूत आवश्यकता पुरा गर्न गाँउघर छोडेर शहर पस्ने प्रचलन बढ्दै गएको छ । यसले गाँउको भाषा र संस्कारमा प्रभाव परेको छ । जीवनका आधारभूत आवश्यकता पुर्ति गर्न गाँउ छोडेर शहर पसि आफनो भाषा संस्कारलाई बिर्सनु र आफ्नो गाँउघरमा परापूर्वकालदेखि चलि आएका मौलिक संस्कार जोगाइ राख्नको लागि पहल नगर्नु, आफनो पन पूर्विय दर्शन भुलेर पाश्चात्य संस्कृति अंगाल्दै जाने हो भने भावि दिनमा संस्कार, कला र संस्कृति विनाको समाज नबन्ला भन्न सकिदैन । त्यसैले अबको पुस्ताले आ आपmना जातीय र क्षेत्रीय भाषा, कलासंस्कृतिलाई अघिल्लो पुस्ताबाट सिकेर जोगाइ राख्नु अपरिहार्य छ ।

भूमि अर्थात जमिनबाट अपभ्रमित भएर आएको शव्द हो। यसलाई कतै दिशा पुजा कतै देशात्तर पुजा कतै भुमे थानको पुजा भनिन्छ । भुमे पुजामा सहभागी भएको र पुर्व, पश्चिम, उत्तर र दक्षिणमा निम्न बमोजिमका मन्त्रहरु उच्चारण गरी पाठ तथा पुजा गर्ने गरिन्छ । वर्षै पिच्छे नियमित रुपमा मनाउने यस पुजामा सबै दिशाका देवी देवतालाई आराधाना गरी पुर्व, पश्चिम, उत्तर र दक्षिणमा निम्न बमोजिमका मन्त्रहरु उच्चारण गरी पाठ तथा पुजा गर्ने गरिन्छ ः

पुर्व ः देवि प्रपन्नात्र्तिहरे प्रसीद प्रसीद मातर्जगतेस्खिलस्य ।। प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमिश्वरी देवि चराचरस्य ।। पश्चिम ः शरणागतदीनार्तपरित्राणपरायणे सर्वस्यार्तिहरे देवि नारायणि नमोस्तुते ।उत्तर ः शान्तिकर्मणि सर्वत्र तथा दुःस्वप्नदर्शने ।। ग्रहपीडासु चोग्रासु माहात्म्यं श्रृणुयान्मम ।। दक्षिण ः रोगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभीष्टान् ।। त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति ।।

पुजाको उद्येश्य र यसको ऐतिहासिक महत्वका सन्र्दभमा चर्चा गर्दाबर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस, दैवी बिपत्ती नहोस भनेर भूमिको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नास भई सबैमा खुसी आउने जनविश्वासका कारण सदियौंदेखि भूमि पुजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ । भुमे पुजा नगरिएमा भुम्या देवता रिसाएर अनिष्ठ हुने, बालीनाली उत्पादन नहुने, वाढी पहिरोले क्षति पुर्याउँने हुँदा यसलाई रोक्नको लागि जमिन अर्थात भूमिको पुजा गर्ने गरिएको पाइन्छ । प्राकृितक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ ।

तत्कालिन समयमा नयाँ वर्षको शुरुवातसंगै गृष्म क्रृतुको आगमनसंगै गर्मी बढ्ने र सोही कारणले पशुपंछी, चौपायामा विभिन्न प्रकारका सरुवा रोग तथा महामारी फैलिने भएकाले उक्त महामारीबाट पशुपंछी र चौपायालाई जोगाउनको लागि देशान्तर दिसा पुजा गर्ने गरिएकोपाइन्छ । यस पुजामा स्थानीयहरुको उमंग र उत्साहका साथ उपस्थिति रहने गरेको उक्त पुजा आजभन्दा करिव ३०० वर्ष पहिलादेखि शुरुवात भएको भएतापनि मौलिक संस्कृतिअनुसार गरिने पूजा अहिले लोपोन्मुख अवस्थामा रहेको छ ।

भूमेलाई जोर ध्वजा वा धजामा रातो र सेतो हुन्छ । तथापि गाउँ गाउँ,टोल–टोलका मानिसहरुको विश्वास अनुसार फरक रहेको छ । यो आफ्नो आफ्नो गाउँको फरक–फरक नाम र तरिका तथा फरक ढंगले भूमे पुजा गरिन्छ।धार्मिक, साँस्कृतिक चाड पर्व तथा पुजा आजा मध्ये यो पुजा पनि एक महत्पुर्ण मानिन्छ । विभिन्न जात जातिहरुलाई एकताको शुत्रमा बाँध्ने र सामुहिक भावना जाग्रित गराउने भएकाले पुजाको महत्व अझ बढ्न गएको छ । भुमेदेवीलाई बोकाको वली दिई त्यसलाई देवीको प्रसादको रुपमा सम्पुर्ण परिवारहरुले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।

देशान्तर वा दिशा पुजामा गाउँमा पशु चौपायामा लाग्ने रोगबाट मुक्ति हुने,रोग व्याधि नलाग्ने, समयमै वर्षा हुने, मानिसहरुमा सरुवा रोग नलाग्ने,सहकाल हुने, अनिकाल नलाग्न,े कृषकले समयमै खेतिवाली लगाउन पाउने विश्वास रहेको छ । विषेश गरी गाउमा पशु चौपायामा रोग व्याधि नफैलिन वा गाउँभित्र नआउने विश्वास स्वरुप यो पुजा गरिन्छ । उक्त दिन पुजाको लागि प्रत्येक घरबाट पुजा सामग्री पठाइन्छ । त्यस दिन नियमित तिथीमा गर्ने पुजा बाहेक अन्य रुद्री, सत्यनारायणको पुजा लगायत अन्य पुजाहरु गरिदैन । गाँउलेहरु यसरी पुजास्थलमा जम्मा हुने र एक आपसमा कामको बाँडफाँड (श्रम विभाजन) हुने गर्दछ । समाजमा सामुहिक रुपमा सहकार्य गर्न र समाजलाई व्यवस्थित रुपमा अगाडि बढाउनको लागि मद्धत पुग्ने गरेको छ ।

यस पुजाको सवल पक्ष हुँदाहुदै पनि यसको बारेमा केही आलोचना पनि हुदै आएका छन । कतिपय पशु अधिकार कर्मिहरुले पशु चौपायाहरुलाई रोगव्याधि र महामारीबाट जोगाउनको लागि भनेर स्वस्थ्य पशु (बोका) को बली दिने कार्य कसरी विज्ञानसम्मत हुन सक्दछ भनी आवाज उठायने गरेका छन् । बृद्धपाकाका अनुसार यो हाम्रो परम्परा सँकृति हो, जुन हाम्रो मानव सभ्यता र जिउने कला भएकाले निरन्तरता दिनु पर्नेमा जोड दिन्छन ।यसलाई व्यवस्थित रुपबाट संचालन गर्ने तथा सम्पूर्ण स्थानीय वासीहरुको पुजा प्रतिको अपनत्व बोध गराउन पुजा व्यवस्थापनका काम पनि गर्ने गरेको पाइन्छ ।

चेतनशिल र सामाजिक प्राणी मानव समाजका परम्परागत मुल्य, मान्यता, विश्वासले जीवन पद्धतिलाई अगाडि वढाउन मद्धत गर्दै आएको छ । यसबाट सामाजिक व्यवस्था कायम राख्न, आपसी सहयोग र समन्वय गर्न, लेनदेनका साथै संस्कृतिको जर्गेनागर्नमा मद्धत पुग्दछ । हाम्रा पुर्खाहरुले परम्परादेखिबाट मान्दै र पुज्दै आएका भुमे पुजा, कुल पुजा, झाँक्री पुजा, नाग पुजा, उधौली उभौली पुजा, आदि पुजा आजा तथा धर्म सँस्कृतिको संरक्षण गर्नु र भावी पुस्तालाई हस्तारन्तरण गर्नु हाम्रो कर्तव्य भएकाले परापूर्व कालदेखि चल्दै आएका परम्परागत कलासंस्कृति बचाउन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *