मानिसको जीवनमा इतिहासको अध्ययन

याम बहादुर थापा मगर
मानव विकासको सन्दर्भ
मानव प्राणी जगतमा पशु भन्दा अलग हो र पृथक हुन्छ । तर मानव विकासमा आधारभुत गाँस,बास,कपासको साथै आय, आर्थिक वृद्धि, आर्थिक विकासको साथै औषत आयुलाई जीवन शैली मापन अनुसार दिर्घजीवन हुने गरी सापेक्ष रुपमा बढाउन चाहेको हुन्छ । विकासको परिभाषा अहिले बहुआयामिक अर्थमा परिभाषित हुन थालेको छ । मानिस निरन्तर खोज अनुसन्धानमा लागि रहने प्राणी भएकोेले खोजको क्षेत्र अनुकरणीय रहेको छ । सुख र आन्नद प्राप्तीको खोजीमा लागिरहने मानव कुनै खोज र विकास विनाश तथा सर्वनाशको प्रबल जोखिममा विश्वलाई मानवले नै विकासका नाममा निर्माण गरेको अणुबम,एटम वमको तिव्र विकासले पृथ्वीलाई दर्जनौ पटक क्षति गर्न सक्ने प्रविधिको संचित गरेर राखेको छ । समृद्धि र सुखीपनको जीवनशैली मानवले कुन मानकमा हासिल गरी राम राज्य अनुभुति गराउनमा तल्लीन भै राखेको पाउन सकिन्छ ।
मानवको निरन्तर विकास हुनुमा स्वय मानव नै दिन रात लागी परेको पाउन सकिन्छ । तर विग्रह, झैझगडा,द्धन्द्ध,विनास,षडयन्त्रका खेलहरु विकासका प्रतिपक्षका रुपमा सदा रहिरहने गरेको पाइन्छ । सकारात्मक सोच र शैलीको विकासका लागि अभियान चलाउँदै गर्दा समेत स्वचालित रुपमा नकारात्मक सोच र शैलीको दबदबा मानव जिवनमा निरन्तर आइरहेको पाउन सकिन्छ । संचार, मानवअधिकार, सामाजिक न्याय, राजनीतिक अधिकार, साँस्कृतिक पहिचान, समावेशी लोकतन्त्र, शान्ति, गणतन्त्रबादी सोचले ओतप्रोत भएको पाउँदा पनि मानव विकास भएको छ भनेर गर्वका साथ छाती खोलेर भन्न नसकिने अवस्था विद्यमान रहेको अवस्था छ । मानवको नाता हिसाबले पशु सरहको प्राणी उपर अग्राधिकार पुरयाउन सफल भएपनि कहि कतै सन्दर्भमा मानवले विकास गरेका गतिविधिका कारणले पशु समानको नारकिय जिवन शैली अपनाउन बाध्य भएको परिवेश विश्व समुदायमा जिवन्त रुपमा रहेको पाउन सकिन्छ । मानवका कारण मानव त्रासदीपुर्ण भएकोले कुरीति, कुचलन, कुसस्कारलाई टेवा दिइरहेको पाउन सकिन्मछ ।

मानवको इतिहासमा अध्ययन
मानव जातिमा घटेका घटनाहरुको बैज्ञानिक कथन नै इतिहास हो । मानव वर्तमानमा रहन्छ र उसले भविष्यको लागि योजना तर्जुमा गरी अध्यारोबाट उज्यालो तिर लम्कन्नका लागि प्रत्यन रहने गरी क्रियाशिल रहन खोजेको मानवले जानेर वा नजानेर इतिहास निर्माण गरिरहेको हुन्छ । बोधगम्य र अबोध घटनाहरु श्रृङखलामा नरहेको भएपनि मानिसका लागि इतिहास रहेको हुन्छ । इतिहासले हामीलाई संसारमा भएका घटनाहरु जान्न अनुमति दिन्छ । संसारलाई परिवर्तन गरेको घटनाहरुका बारेमा जान्न सकिन्छ । इतिहास सामुहिक अनुभवहरुको श्रोत हो । इतिहास एक प्रकारको जितको परिणाम आउने प्रयोगशाला हो । हारको परिघटनाहरुको समेत थोरै मात्रामा लेखन र अभिलेखीकरण तरिकाले व्यवस्थापन गरिएको हुन्छ । मानवको लागि इतिहासले मानिसलाई समाजहरु बुझनको लागि अनुमति दिन्छ । समाजमा औपचारिक तथा अनौपचारिक तरिकाको इतिहासको जानकारीलाई भण्डार नै मान्न सकिन्छ । घटेका घटनाहरुका कथाले पहिचानको भाव प्रदान गर्दछ । इतिहासले भरपुर्ण थाहा वा ज्ञान अध्ययन गर्ने मोडेल नागरिकहरुमा अपरिर्हाय रुपमा उत्पन्न गराउँदछ । इतिहास हरेक मानवका लागि प्ररेणाको श्रोत हुन सक्दछ । संसारमा भएका विभिन्न प्रकारका वैज्ञानिक तवरले प्रमाणित संस्कृतिहरु चिन्ने र बुझने अनुमति दिई दैनिक जिवनमा अवलम्बन गर्ने आधारहरु प्रदान गर्दछ । इतिहास दोहोरिन्छ भन्ने मान्यता बमोजिम बुद्धिमानीपूर्वक अवसर र मौकालाई छनौट गर्न अनुमति दिई प्रगतीशिल अग्रगामी निर्णय गर्न सहयोग गर्दछ । इतिहासले विश्व प्राणी जगत र समाजलाई बुझनको लागि बलियो आधार प्रदान गर्दछ । इतिहासले परिर्वतन बुझन सघाउँदै नयाँ, नौलो र नविन परिवेशको वातावरण अनुकुल हुने गरि परिवेशलाई समायानुकल गराउँछ । गतविगतमा समाज भित्र भएका हत्या,आंतक,चोरी, डकैती, पाशविक घटनाहरुलाई तिलाञ्जली दिदै नैतिक जिम्मेवारी अभिवृद्धि गरि सभ्य समाज निर्माण गर्नमा सहयोग गर्दछ । सुखी र खुशी जीवनयापनको लागि विगतमा भएका नराम्रा गतिविधिलाई तुषारापात गराउँदै भविष्यमा सुमार्गमा लागि रहनका लागि अति महत्वपुर्ण रहेको हुन्छ । शिक्षित समाजमा कि अशिक्षित समाजमा जीवनयापन गरेको छ भन्ने बारेमा निर्धारण र छनक प्रदान गरि असल र खराबको पहिचान बनाउन इतिहासले मानवमा प्रभाव पार्दछ । असल नागरिक सदैव इतिहासको आधारमा मनोनयन, निर्धारण र लोकतान्त्रीक पद्धति मार्फत निर्वाचीत गरिन्छ । मानिसको व्यक्तित्व विकासका लागि बहुआयामिक क्षेत्रमा पहुँच बढाउन लागि क्षमता विकास गर्ने आधारहरु प्रशस्त मात्रामा इतिहासले जगको रुपमा आधार प्रदान गर्दछ । इतिहास ज्ञान, विज्ञान, साहित्य,शिल्प र शास्त्रहरुको समग्रमा जग हो । इतिहासले कहिल्यै नदेखेको, नसुनेको,नछामेको र नछोएको कुराको बारेमा सोच्न सहज र सजिलो बनाइ आत्मविश्वास प्रदान गरि विश्व बजारमा प्रतिस्पर्धा गर्न लायक नविनता प्रदान गर्दछ । मानवमा कल्पनाशिलताको विकास र त्यसलाई संचार गर्न सक्ने शिप तथा प्रविधिको विकासमा टेवा दिएको हुन्छ । मानिसले आफनो अज्ञानतालाई स्वीकार गरेर प्रजातिको बारेमा अध्ययन मनन गरि चेतना दिलाउनको लागि नियमन र शक्तिको काम इतिहासले गर्दछ ।

मानव जातिमा अध्ययनको शैली
शिक्षा विनाको मानव अहिले कल्पना समेत गर्न सकिदैन । ज्ञान विनाको मानिस पशु सरह हुन्छ भन्ने संस्कृतमा बहुत मनासिव भनाइ रहेको छ । विश्वव्यापीकरणको बढदो प्रभाव र प्रयोगले थोरै भन्दा थोरै प्रयोगमा आउने भाषा,जात जाति लगायतका पहिचानको अस्तित्वमा दिनप्रतिदिन ह्रास आएको पाउन सकिन्छ । ठुला माछाले साना माछालाई खाए जस्तै जनजाति र आदिवासीको नाममा संरक्षण तथा अधिकार उन्मुख हुन प्रयास गरेपनि मानव विकासका अध्ययनको शैलीमा व्यापक रुपमा सुचना र प्रविधिको प्रयोगको युगमा धेरै पछाडी पारेको पाउन सकिन्छ । स्वचालित प्रणालीको विकासले अव मानवलाई इबुक, इलाइव्रेरी,डिजिटिल नगद लगायतको विकासले मानवमा विगतका अभ्यासलाई परिष्कार गर्नमा दबाव दिएको छ । कृतिम बौद्धिकताको विकास, च्याट जिपीटी, मेटाफर्स लगायतको बढदो तिव्र विकासले मानवमा असामाजिकता तर्फ उन्मुख भएको त होइन भन्ने आभास गरेको पाउन सकिन्छ । ज्ञान लिनका लागि निरन्तर रुपमा अरु भन्दा प्रतिस्पर्धामा अगाडी उभिनका लागि स्वचालित रुपमा लागेको पाउन सकिन्छ । मानव जाति आफुसँग भएको चीजमा सन्तोष मानेर वा थकाई मारेर विल्कुल बस्न जानेको छैन । त्यसैले बैज्ञानिक अनुसन्धानको लागि मानिस अतृप्त ज्ञानको लागि अध्ययन गर्ने शैलीमा गुगल सर्चको हावी हुदै गएको पाउन सकिन्छ । शिक्षाको सिकाइ जीवन पर्यन्त रुपमा सिकीरहने वातारण निर्माण गरी सोही बमोजिम आधुनिक र समयानुकुल शैली खोजी र अनुसन्धानमा लाग्नमा लागि बहुत अर्थ महत्वपुर्ण रहेको छ । आमसंचारको सुचना र प्रविधिको विकासले छप्पक छोपेको समयमा अध्ययनशैलीलाई सकारात्मक सोचले ओतप्रोत बनाई समाज परिवर्तनका लागि आधारस्तम्भका रुपमा अगाडी बढाउन जरुरी छ । सुचना प्रवाहको बाढीले अनावश्यक योजनाविहिन सुचना र जानकारीले ग्रस्त हुदाँ भविष्यमा काम लाग्ने भन्दा सुचनाको फोहोर निर्माण भई त्यसको खाडलमा पर्न गएको युवा जमात पाउन सकिन्छ । नकारात्मक प्रभाव र दबाव पार्ने शैलीमा भाइरल प्रवृत्तिका कारण गुणात्मक र ज्ञानबद्र्धक शिक्षाप्रद क्षेत्र ओझेलमा परेको हो कि भनेर समय समयमा छलफल र अन्र्तक्रियाहरु विद्धत वर्गमा हुने गरेका पाउन सकिन्छ । विद्धत वर्गमा मात्र छलफल सिमित नराखी बस्ती बस्ती र जन जनको मष्तिकमा आभास दिलाउन जरुरी भएको छ । सुचनाको साम्राज्यको बढावाले संसारलाई व्यक्तिको हातमा प्रभाव पार्ने होडबाजी विकसित देशहरुमा चलेको छ ।

सुचना प्रविधिमा मानवको अध्ययनमा प्रभाव
संसार सहित ब्रहाण्डको छिटो र सरल तरिकाले जानकारी लिन मानिसलाई छिटो अवसर प्राप्त भएको छ । विश्वको बारेमा अध्ययन गर्न मानिसका लागि सानो हुन गएको छ । हिजोका दिनमा पाठशाला,कचहरी,धर्मशाला,विद्यालय,विश्वविद्यालयमा हुने शिक्षणका विधिमा समेत आजभोलि कृत्रिम बौद्धिकताको प्रभाव र मेटार्फस विधिको उपयोग गर्नमा खोज अनुसन्धान र विकास विस्तारमा अहोरात्र लागेको छ । शिलालेख,मुर्ति निर्माण, पर्चा,पोष्टर,भित्तेपात्रो,आम सभा, हडताल, प्रभातफेरी, मौन जुलुस, जुलुस, व्यानर, भित्तेलेखन,घुमन्ते गायकका माध्यमबाट सुचना आदान प्रदान हुने गर्दथ्यो । आजका दिनमा सामाजिक सञ्जाल विनाको प्रचार प्रसार र शिक्षाको प्रभावलाई सजिलो बनाई कम्प्युटर,ल्यापटप,मोबाइल,टयाब्लेट लगायतका सामाग्रीबाट सहज रुपमा हासिल गर्न सकिन्छ । अहिले मानिसको रोजगारी खोस्ने र सृजनात्मक कार्यशैलीमा ह्रास हुने गरी कृत्रिम बौद्धिकताको बढदो प्रयोगले सिकाइलाई सर्वसुलभ बनाएपनि मानिसको दैनिक व्यवहारमा हुनु पर्ने क्रियाशिलतामा न्युनिकरण भै नसर्ने रोगहरुको प्रभावमा मानिसहरु पर्ने गरेको पाउन सकिन्छ ।

मानिसको स्मरण शक्तिमा अनावश्यक सुचनाको अपलोडले तनावमा परी डिप्रेशनको सिकार थुप्रै जन हुने गरेको पाउन सकिन्छ । उच्च मनोकाक्षा बढेर जादा जीवनमा संर्घष र कठोरताको सामना गर्नु पर्छ भन्ने ज्ञानको भौतिक रुपमा मानव समाजको विकास गर्नबाट विमुख भएकोले आत्महत्याको दुरुत्साहनको सख्यामा दैनिक रुपमा बढेको पाउन सकिन्छ । आत्महत्याको बढदो प्रवृत्तिलाई न्युनीकरण गर्नका लागि सुचना प्रविधिको विकासको सकारात्मक पक्षको शिक्षालाई जन जनमा अनुभुत गराउने अभियानको थालनी गर्न ढिला गर्नु हुदैन । सुचना शक्तिको हो । सुचना विना विश्वको ज्ञान,अध्ययन गर्ने अर्को माध्यम छैन । तर साइबर क्राइमको बढदो विकासले फजुल रुपमा समयको बर्वादले स्वच्छ वातावरणयुक्त मष्तिकलाई तनाव तर्फ दोहो–याउने विकृत सामाग्रीहरु प्रविधिका माध्यमबाट सर्वसुलभ हात हातमा साधनहरु उपलब्ध भएको छ । जुन हाम्रो हातबाट भन्दा बाहिरी निकायबाट नियन्त्रणमुखी भई छताछुल्ल उपलब्ध हुनु कोरा मष्तिकयुक्त बालबालिका र उत्पादनयुक्त उर्जावान युवाका लागि विष पिए सरहको नोक्सानी गरेको हुन्छ ।

गाउँघरमा प्रचलित उखान छ कि सित्तैमा विना सन्दर्भ पाएको ज्ञानले मानिस अल्छी बन्छ । गन्तव्यमा पुग्ने योजना मुताविक लक्ष्य निर्धारण गर्न सक्दैन । त्यसैगरी आजकल विना गन्तव्यका थुप्रै बाढीका रुपमा इन्टरनेटका माध्यमबाट हात हातमा सर्वसुलभ वैज्ञानिक साधनहरु उपलब्ध छन् । अनाहकका अनावश्यक सुचनाको अध्ययन र साक्षत्कार हुने परपाटीले जिन्दगीको लक्ष्य मुताविकका गहन र विश्लेषणयुक्त गुणात्मक शिक्षा लिनमा युवा पुस्ता चुकिरहेको त छैन भन्ने बारेमा तडागारो रुपमा छलफल र अन्र्तक्रिया भै निष्कर्ष निकाली उपयोगमा ल्याउन वर्तमानको जमात लाग्नका लागि ढिला भएको छ । लोपोन्मुख जाति,भाषा,लोक सस्कृतिका चाडपर्व बारेमा शोधपत्रका माध्यमबाट तथ्य र सत्यका आधारमा दस्तावेजीकरण गर्न भावी पुस्ताका लागि हस्तान्तरण र संग्रह योग्य बौद्धिक सम्पत्तीका रुपमा बहुमुल्यमा संचित गर्नका लागि तपाई हाम्रो काँधमा गह्रुगो ओजयुक्त जिम्मेवारी रहेको छ । बौद्धिक समुदायको मानकहरु मध्ये एउटा ज्ञानहरुलाई बैज्ञानिक तरिकाले संग्रह गरी भावी पुस्तालाई कुलत,कुरीति,कुचलन, कुसंस्कारबाट विमुख गराइ समुन्नत र समृद्धि तर्फ निरन्तर डोरयाई रहनु पनि हुन्छ ।

संसार सुचना र प्रविधिको विकासले ज्ञानमा आधारित समाज विश्वयापीकरण जस्तै बनेको अवस्था छ । विश्वव्यापीकरणको सकारात्मक र नकारात्मक प्रभावको आधारमा तुलना गर्दा हामी सकारात्मक शैली र व्यवहारलाई आत्मसात गरी हाम्रो यथास्थितिमा रहेको कार्यशैलीलाई दिनमा दुई गुणा रातमा चौगुनाका गतिमा रुपान्तरण गरी विकासोन्मुख देशको नागरिकहरु लाग्नु पर्दछ ।

अबको दिनमा के गर्ने हामीले सामुहीक प्रयासबाट ?
हाम्रो प्रयासबाट सामुहिक रुपमा सुचना प्रविधि मैत्री वातारण निर्माण गरी सहज र संग्रह गरी भावी पुस्ताका लागि सुमार्गमा डोरयाउने तर्फ प्रयास हुनु पर्दछ । समाज विज्ञानका हरेक पक्षका सामाग्रीहरु जस्तै वातावरण,राजनैतिक,सामाजिक, भुगोल, गणित, विज्ञान, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, साहित्य, भाषा, पत्रकारिता, कला शास्त्री, स्वास्थ्य लगायत पुर्वाधार विकास सहित पर्यावरण अनुकुल हुने गरी फराकिलो सोच र दायरा बनाउँदै गाउँ समाजमा नै बस्ने आधार निर्माण गर्नको लागि बहस र पैरवी चलाउनमा प्रतिवद्ध भै लाग्नका लागि समृद्धि हासिल गर्ने माध्यम बनाउनमा सकारात्मक परिणाम ल्याउने गरी प्रयास गर्नुपर्ने दायित्व रहेको छ । हरेक मानिसले जिवन प्रयन्त सिकाइको शैली अनुशरण गर्ने संस्कार शुक्ष्म रुपमा भएपनि सुरुवात गर्न जरुरी भएको छ । हाम्रो प्रयासले हरेक पक्षबाट कुनै न कुनै व्यक्तिलाई प्रभाव पारे पनि आजको भोलि नै भन्दा पनि भविष्यका दिनमा निरन्तर रुपमा कार्यक्रमहरु वाचनालय सचालन गर्दै पुस्तक, स्मारिका, मुखपत्र प्रकाशन गर्ने कार्यलाई सहकार्यका माध्यमबाट हुनु नै उपलब्धी हासिल भएको मान्न सकिन्छ । व्यक्ति लगानी र खरिदबाट बजारमा उपलब्ध सबै प्रकाशित किताबहरु खरिद गरी अध्ययन गर्न असम्भव जस्तै हुन सक्दछ । समुहमा एक आपसमा पुस्तक अध्ययन गरी साटासाट गरी अध्ययन गर्ने परिपाटीको संस्कार विकास गर्दै पुस्तकालयको विकास र विस्तार गरी समाजमा दियालोको रुपमा अब्बल शैलीले स्थापित गरेर समाज विकासमा लागी रहने अभिन्न अंग बनाउनमा प्रयास गर्नुपर्दछ । सामाजिक सञ्जालमा समुह निर्माण गर्ने, पेज निर्माण गर्ने, वेवसाइट बनाई उत्पादन तथा प्रशारण गर्ने तथा युटुवको माध्यमबाट अडियो सहित भिडियो उत्पादन मार्फत सात्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक,अर्धबार्षिक, वार्षिक रुपमा जागरुक बनाउनमा मजबुत समुह निर्माण गर्दै सस्थागत विकासमा आधारभुत रुपबाट लाग्नमा संस्कारगत शैली बस्ती बस्तीमा थालनी गर्नुपर्दछ ।

किताबलाई स्थायी साथी बनाउने, प्रत्येक व्यक्तिले अध्ययन गर्न लागेको पुस्तकालय बसी राम्रो फोटो खिचेर आत्मा देखि प्रयोगमा ल्याउने, अधिक भन्दा अधिक रुपमा गुणात्मक तरिकाले अध्ययन शैलीको विकास र विस्तारमा लाग्नका लागि बहस, छलफल चलाउने र पुस्तक प्रेमी बन्ने संस्कार बसाउनमा घर चुल्होबाट नै शुरुवात गर्ने संस्कार, शैली विकास गर्नमा निरन्तर रुपमा लागी सकारात्मकता तर्फ उन्मुख हुनुपर्दछ । आजबाट शुरुवात गर्ने र भोलिका दिनमा प्रतिवद्ध हुदै इतिहास रुपी हिजोबाट शिक्षा,ज्ञान लिदै समाज रुपान्तरणमा लाग्नको लागि मानव विकासको क्रमले समेत पुष्टी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *