अनौठो तर अनुपम सँस्कृति : ताराखोलाको सिस्नो खोस्ने पर्व

थमन थापा सन्देश
गलकोट

बागलुङ  जिल्लाको ताराखोला क्षेत्र भुगोलले मात्रै होइन, युद्ध, आन्दोलन, कला, ऐतिहासिक बिबिधता सहितको सँस्कृतिले पनि उत्तिकै पृथक छ । मौसम अनुसारका सँस्कृतिले यो क्षेत्रमा छुट्टै रौनकता दिइरहन्छ । मंगलवार ताराखोलामा मगर समुदायले सिस्नो खोस्ने भदौरे पर्व धुमधामका साथ मनाएका छन ।
ताराखोला गाउॅपालिकाको पहिचान, संस्कृति जोगाउॅदै प्रवर्द्वनको अभियान भन्ने मुल नाराका साथ आफना दिवंगत पितृहरु तथा प्रकृतिको सम्मानार्थ परम्परागत सिस्नो खोस्ने पर्व गरिदै आएको ताराखोला ५ निवासी दुतमान घर्तीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । भदौ शुक्ल पक्षको अवसरमा आयोजना गरिने पर्वमा पहिलो दिन बुढापाका जम्मा भएर बाटो सरसफाई तथा चार किल्ला सिमानामा वाचा गर्ने गरिन्छ । दोस्रो दिन प्रचलन युवायुवती जम्मा भएर बाटो सरसफाई गर्ने, तेस्रो दिन मगर समुदायको हेम्थो ९ मुल घर ० मा पितृहरु, देव देवता, सिमे भुमेको नाममा अन्नपात चढाउने र सबैको सु-स्वास्थ्य, दीर्घायुको कामना गर्दै रातभर पुजाअर्चना गरिनुका साथै यानीमाया गीत गाउने ढ्याङ्ग्राहरु र झ्याली बजाएर रमाईलो गर्ने र रॉगोको बलि दिने परम्परा छ ।
पर्वको अन्तिम बिहानै देखि मुल घर नजिक रहेको पाटामा विधिवत पुजा गर्ने, सुॅगुरको बलि दिने र सामुहिक रुपमा मन्त्र जप्दै ढ्याङ्ग्रा र झ्याली बजाईने परम्रा रहेको स्थानिय ससु रोकाले जानकारी दिनुभयो । त्यसपश्चात सुॅगुरको सपेटो निकालेर सिस्नोमा बॉध्ने गरिन्छ अन्तिममा बुढापाकाहरु र अविवाहित युवाहरुले ढ्याङरा र झ्याली बजाउदै उक्त सपेटो सहितको सिस्नो सॅगै परिक्रमा गर्ने प्रचलन छ ।
युवाहरुले बोकेको उक्त सिस्नो युवाहरु र युवतीहरु बिच ५ पटक सम्म एक आपसमा सामुहिक रुपमा घण्टौ समय सम्म खोस्ने गरिन्छ । सपेटो सहितको सिस्नोलाई युवाहरुले जोगाउने र युवतीले खोस्ने गर्दछन् । जिति सकेपछि त्यिनै युवा युवतीहरु मिलेर सामुहिक रुपमा त्यसलाई खाने गर्दछन् । सिस्नो खोस्ने कार्यक्रममा अविवाहित युवा युवतीहरु मात्र सहभागी हुन पाउँदछन्। पर्वमा मगर समुदाय सॅगै अन्य समुदायको पनि उल्लेख्य उपस्थिती हुने गर्दछ । सिस्नो खोस्ने भदौरे पर्व दुई वर्षको अन्तरमा मनाउने गरिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *