अवरुद्ध बेनी–जोमसोम सडक अझै खुलेन

आदर्श सञ्चार अनलाइन
बेनी, म्याग्दी

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध छ ।
आइतवारदेखि अवरुद्ध सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति करीब १० मिटर सडक भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्रयाक निर्माणको तयारी गरिएको छ ।
डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभए पछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले आदर्श सञ्चार अनलाइनलाई जानकारी दिनुभयो । यात्रुले बीच सडकमा केही पैदल यात्रा गरेर अर्को सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । जसका कारण मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको शेरचनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *