यस्तो पनि होला ? म्याग्दी पाउद्धारमा दूध कुण्ड फेला

आदर्श अनलाइन, बेनी
पहिले पहिले कुनै एकादेशको कथामा भनिए जस्तो दूध कुण्ड फेला । सुन्दा बिश्वास लाग्दैन । तर, दृश्यले नपत्याई तपाई हामीलाई धर छैन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो ।

दूध कुण्ड भनेर चिनिने स्थलको दृश्य । तस्बिर सौजन्य ः हरिकृष्ण गौतम

स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब ५ घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । गत असोज ४ गते शनिबार कुण्ड फेला परेको उहाँको भनाइ छ ।

दूध कुण्ड भनेर चिनिने स्थलको दृश्य । तस्बिर सौजन्य ः हरिकृष्ण गौतम

अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि ४ हजार ६३० मिटरको उचाइमा खयरताल अवस्थित छ । खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका ४ वटा सहायक मन्दिरमा पूजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन समेत छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *