म्याग्देली कलाकार रवि कार्कीको रे रे साईलो सार्वजनिक

अमृत बास्कुने, म्याग्दी

म्याग्देली कलाकार रवि कार्कीले ‘रे रे साईलो’ बोलको मौलिक लोकभाका बजारमा ल्याउनुभएको छ ।

हिमाली जिल्ला म्याग्दीका विभिन्न क्षेत्रमा गाइने मौलिक लोक भाका रे रे साईलो कार्कीले आफ्नै युट्युब च्यानलबाट शुक्रबार विहान सिार्वजनिक गर्नुभएको हो ।

कार्कीले सार्वजनिक गर्नुभएको गीतमा कार्की सँगै कृष्ण केसी, जमुना राना र दिलु मगरको आवाज रहेको छ भने शव्द तथा लय सृजना पनि स्वयं गायक कार्कीले नै गर्नुभएको छ ।

कृष्ण केसीको म्युजिक एरेन्ज रहेको गीतको म्युजिक भिडियो रोधी वसेको झल्को दिने गरि मौलिकतालाइ नै मुख्य तबरले समेटिएको छ ।

कार्कीले सार्वजनिक गरेको गितको भिडियोमा मोडल दिव्यानी ओली र अनुपा अधिकारीको अभिनय रहेको छ । मौलिक लोक भाकाहरु लोप हुँदै गएको अवस्थामा संरक्षणका लागि पनि रे रे साईलो गीत तयार गरेको गायक कार्कीको भनाई छ । एक्लै हुँदा नरमाईलो, रे रे साईलो तिमी छौर छ रमाईलो, गीतमा माया प्रीतिका मर्मस्पर्शी शव्दहरु समायोजन गरिएको छ ।

मौलिक लोकभाकाहरुले नै श्रोता दर्शकको मन जित्न सक्ने र जीवन्त रहन सक्ने भएकाले पनि रे रे साईलोमा सहकार्य गरिएको म्याग्दीकै गायीका दिलु मगरको भनाई छ । कार्कीले आफ्नो जन्म जिल्लामै बसेर पनि यहाँको कला संस्कृतिलाई सम्बद्र्धनमा भुमिका खेल्नु भएको स्थानीयको भनाई छ ।

कार्कीले यस भन्दा अगाडी बेनी बजार झर मायालु, जाम सुस्तै, माया के रैछ, हास्ने बोल्ने गरेपो माया बढ्छ, साईली सलक्कै, हुन्छ भने जस्ता गितहरु श्रोतादर्शकको माझ लोकप्रीय बनेका थिए । साथै काकीले यस भन्दा अगाडी म्याग्दीको प्रशिद्ध तिर्थस्थल गलेश्वर धाम सम्बन्धी भजन पनि सार्वजनिक गर्नुभएको छ ।

कमेडी अभिनयबाट कला क्षेत्रमा आउनु भएका कार्कीले लोकभाका, भजन सहित कमेडी एवम् लाइभ दोहोरीमा पनि निकै राम्रो दख्खल राख्ने नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *