राजखोलामा बाढी आउँदा बेनी–जोमसोम अवरुद्ध

फाइल तस्बिर

आदर्श अनलाइन, म्याग्दी
केही दिनदेखिको भारी वर्षाका कारण कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । मुस्ताङको राजखोलामा आएको बाढीले कोरिडोरको बेनी–जोमसोम सडक खण्ड अन्तरगत मार्फामा सडक अवरुद्ध भएको छ ।

मुस्ताङको शीतोष्ण बागबानी विकास केन्द्र मार्फामा रेकर्ड गरिएको मौसम सम्बन्धी जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । मार्फा क्षेत्रमा पछिल्लो एक महिनाको अवधिमा अधिकतम तापक्रम १९ डिग्री र न्यूनतम तापक्रम १३ डिग्री सेल्सीयस मापन भएको शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्यनाथ आत्रेयले जानकारी दिनुभयो ।

सन् २०२३ मा २२.९ मिलिमिटर वर्षा सबैभन्दा धेरै रहेको उहाँको भनाई छ । सन् २०२२ को अक्टोवर महिनामा हालसम्मकै उच्च १४१ मिलिमिटर सम्म वर्ष भएको अनुमान गरिएको छ । वर्षाको कारण लेदो सहितको बाढी आउँदा घरपझोङ गाउँपालिका मार्फाको राजखोलामा लेदो सहितको बाढी आउँदा बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडकको घाँसा–जोमसोम सडक अवरुद्ध भएको छ ।

मुस्ताङका प्रमुुख जिल्ल अधिकारी अनुप केसीका अनुसार मुस्ताङ जिल्ला सडक सञ्जालबाट बिच्छेद भएको छ । मुस्ताङको राजखोला र म्याग्दीको बैसरीले गर्दा सडक सञ्जाल पूर्ण रुपमा बिच्छेद भएको हो । उहाँले भन्नुभयो – “लगातार पानी परिरहेको कारणले गर्दा पनि अहिले जोखिम मोलेर सडक खुलाउन सक्ने अवस्था छैन, भोली विहानदेखि पानी पर्न रोकियो भने मात्र त्यसमा प्रयास गर्दा राम्रो हुन्छ कि ?”

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विश्वकर्माका अनुसार विहानदेखि अबरुद्ध भएको सडक खुलाउनका लािग प्रयास भै रहेको भए पनि सञ्चालनमा आउन सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *