बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

डम्मर बुढा मगर, बागलुङ
मुस्ताङको बाढी ग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत अवरुद्ध भएको छ । विद्युत अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत अवरुद्ध भएको हो । बाढीले विद्युत पोलसँगै तारसमेत बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।

विद्युत सुचारु गर्नका लागि काम भइरहेको उहाँको भनाइ छ । बाढीले पोल र तारमा बढी क्षति पु¥याउँदा संचालनमा आउन अझै केही दिन लाग्ने केसी बताउनुहुन्छ । यस क्षेत्रमा विद्युत वितरणको काम निलगिरी उपभोक्त सहकारीले गर्दै आएको छ । सहकारीले कामदार खटाएर विद्युत मर्मतको काम गरि रहेको प्रजिअ केसी बताउनुहुन्छ ।

“अहिले विद्युत पूर्ण रुपमा अवरुद्ध छ, संचालनमा ल्याउनका लागि यहाँ काम गरि रहेको निलगिरी उपभोक्त सहकारीलाई निर्देशन दिएका छौँ, काम सुचारु भएको छ,” प्रजिअ केसीले भन्नुभयो – “विद्युत अलि राम्रोसँग मर्मत गर्नु पर्छ, भोली त्रुटि भयो भने फेरी अर्को दुर्घटना हुन सक्छ, हामीहरुले छिटो संचालनमा ल्याउने गरि काम गर्न भनेका छौँ, उहाँअरु अस्तीदेखि नै काम गर्न थाल्नु भएको छ ।”

विद्युत अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताउनुभयो । अहिले बाढी पीडित आफन्तको आश्रयमा तथा सुरक्षित स्थानमा अस्थायी गाठ बनाएर बसेको भन्दै उनीहरुलाई विद्युत नहुँदा फोन सम्पर्क गर्न समस्या भएको बताउनुभयो । विद्युत अवरुद्ध भएपछि मोबाइल फोन आफ भएको र पीडितहरुले टाढा–टाढा रहेका आफन्तहरुसँग कुरा गर्न नपाएको उहाँको भनाइ छ ।

खानेपानी संचालनको तयारी
बाढीले पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानीे आजदेखि संचालनमा आउने प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । मंगलबार पारी पट्टीको स्थानमा सुचारु भएको भन्दै आज साँझसम्म सबै ठाउँमा खानेपानी संचालनमा आउने उहाँको भनाइ छ । अहिलेसम्म स्थानीयल मुल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएको प्रजिक केसी बताउनुहुन्छ ।
बाढीले कागबेनीको २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको थियो । बाढीले ४ पांग्रे २ सवारी, मोटरसाइकल ३०, २०/२५ वटा पशुचौपाया एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंक्षिक क्षति पु¥याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *