म्याग्दीका कुनै पनि बैंक छैनन् अपाङ्गमैत्री

अमृत बास्कुने, म्याग्दी
राज्यको मुख्य काम जोडिन्छ बैंक सँग । तिनै बैंकहरुमा सबै प्रकारका व्यक्तिहरुको पहुँच नपुग्दा समस्या हुने गरेको छ । आम जनताको पहुँचमा त छैन नै बैंकहरु त्यसमाथि पनि अपाङ्ग मैत्री हुन नसक्दा झनै समस्या हुने गरेको छ ।

अपाङ्ग संघ म्याग्दीकासचिव सुरेन्द्र केसीले अपाङ्गमैत्री नहुँदा अपाङ्गहरुलाइ निकै समस्या भएको बताउनुभयो । बैंकहरुले सबै क्षमता वान वा अपाङ्गता नभएका मात्रै आउने जस्तो प्रकृतिको संरचना बनाएको हुने हुनाले पनि समस्या भएको छ । राज्यले तोकेको मापदण्ड पुरा गरीदिएको खण्डमा अपाङ्गहरुलाई सहज हुने उहाँको भनाई छ ।

तीन वटा सरकारी बैंक र अन्य नीजि क्षेत्रका बैंकहरुको म्याग्दी सदरमुकाम बेनी बजारमा शाखा रहेका छन् । तीन मध्ये नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको शाखा भने माथिल्लो तलामा छ । कृषि बिकास बैंकको शाखा भुइतल्लामा भए पनि बैंक भित्र प्रवेश गर्नका लागि सिडि चडेर जानु पर्दा ह्वील चियर प्रयोग गर्नु पर्ने अपाङ्गहरु प्रवेश गर्न कठिन हुन्छ । शारिरीक रुपमा दुरुस्त हुने भए पनि बहिराहरुले प्रयोग गर्ने सांकेतिक भाषाको ज्ञान बैंकका कर्मचारीलाइ नहुदा पनि समस्या हुने गरेको सचिव केसीको भनाई छ । बहिराहरुले भनेको नबुझीदिदा सेवाग्राही र बैंक दुवैलाई सास्ती हुने उहाँको बुझाई छ ।

निजी क्षेत्रका बैंकहरु माछापुच्छ्रे, ग्लोबल आइएमइ, प्रभु, एनएमबी, प्राइम बैंक तथा गरिमा, ज्योती बिकास बैंक लगायतका बैंकहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुले सहज पहुँच पु¥याउन सक्दैनन् । एनएमबी बैंक, कुमारी बैंक, ज्योती विकास बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, प्राइम बैंकका बेनी बजारमा रहेका शाखाहरु माथिल्लो तलामा छन् । भ¥याङ चडेर जान पर्ने उक्त बैंकहरुमा अपाङ्गहरुले सहज तबरले सेवा लिन सक्दैनन् । बैंकको सुविधा लिन बैंक भित्रै पुगेर मात्रै नभएर एटिएम मेसीनमा समेत फरक क्षमता भएका नागरिकहरुको पहुँच पुग्न सक्दैन ।

सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक नवराज ढुंगानाले आफ्नो बैंकले नागरिकको अनुकुलता अनुसार सेवा दिएको बताउनुभयो । उहाँले भन्नुभयो सामाजिक सुरक्षा भत्ता गाउँघरमै पुगेर वितरण गर्ने गरेको र अन्य अवस्थामा पनि आफ्नो बैंक माथिल्लो तलामा भए पनि भुई तलामै आएर ग्राहकको आवश्यता र स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर सेवा दिने गरेको बताउनुभयो ।

जेष्ठ नागरिक तथा अपाङ्गहरुलाई भनेर स्थान तोकीएको भए पनि अपाङ्ग मैत्री नै सुविधा भने नभएको एनएमबी बैंकका शाखा प्रवन्धक दिनेश सुवेदीले बताउनुभयो । हामीले प्राथमिकता राखेर काम गर्ने र यदी अपाङ्ता भएका र जेष्ठ नागरिकहरु आएको खण्डमा अप्रेसन म्यानेजरले तत्काल काम गरेर पठाइदीने गरेको भए पनि छुट्टै अपाङ्मैत्री भने नभएको बताउनुभयो । छुट्टै लाइन बस्न पर्ने र कुर्न पर्ने हुदैन तर अपाङ्गमैत्री नै ठ्याक्कै छैन सुवेदीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *