फूल बेच्दै गरिमा

सिर्जना पन्त, बागलुङ

‘समृद्धिको संकल्प, सहकारीता विकल्प’ भन्ने मुल नाराका साथ स्थापना भएको तनहुँको एक कृषि सहकारी संस्थाले पछिल्लो समय फूल बेच्न थालेको छ ।

सहुलियत मूल्यमा कृषकलाई मल, कृषि औजार वितरण गर्दै आएको तनहुँको गरिमा कृषि सहकारी संस्थाले पछिल्लो समय नर्सरी स्थापना गरेर फूल, फूलका बिरुवा तथा तरकारीका बिरुवा बिक्री गर्न थालेको हो । २०७४ सालमा स्थापना भएको मनकामना कृषि उत्पादन, फलफूल, तरकारी, मह, दुग्ध उत्पादक सहकारी संस्था र लालिम कृषि सहकारी संस्था २०७७ सालमा एकीकरण भए पश्चात बनेको गरिमा कृषि सहकारी संस्थाले फूल र फूलका बिरुवा बेच्न थालेको हो ।

सहकारीले बहुउद्देश्यीय नर्सरी कार्यक्रम अन्तर्गत तनहुँको दुलेगौडामा ७ रोपनी जग्गा भाँडामा लिएर पहिलो चरणमा तिहार लक्षित गरेर मखमली र सपयत्री फूल उत्पादन गरी बिक्री गरेको संस्थाका अध्यक्ष शिवराज रेग्मीले बताउनुभयो । पहिलो चरणमा तिहार लक्षित गरेर उत्पादन गरेको सयपत्री र मखमली फूलबाट सहकारीले ६७ हजार रुपैयाँ आम्दानी गरेको अध्यक्ष रेग्मीको भनाई छ ।

No description available.

सहकारीले स्थापना गरेको नर्सरीमा तरकारीका बेर्ना सँगै विभिन्न प्रजातीका फूलका बेर्ना उत्पादन हुँदै आएका छन् । उत्पादित बेर्ना दमौली र पोखराका अन्य नर्सरीमा बिक्री वितरण गर्ने गरेको रेग्मीले बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिका–९ घारीबाट किसान सेवा केन्द्र, शुक्लागण्डकी नगरपालिका–५ बाट बेलचौतारा सेवा केन्द्र, सम्वृद्धि सेवा केन्द्र गणपति गरी सहकारीले आफ्ना सदस्यलाई तनहुँको तीन ठाउँमा सेवा केन्द्र स्थापना गरेर सेवा दिंदै आएको छ । दुलेगौडा कावासेती चोकमा प्रधान कार्यालय रहेको सहकारीमा हाल ५ सय १५ जना शेयर सदस्य छन् ।

आर्थिक वर्ष ०७७/०७८ को असार मसान्त सम्म संस्थामा १० लाख २६ हजार २ सय २४ रुपैयाँ नगद मौजदात, १ करोड ३२ लाख ६४ हजार ६ सय ९४ रुपैयाँ वैंक मौजदात, ५ करोड ८१ लाख ७८ हजार ७ सय ३ रुपैयाँ कर्जा लगानी र २ करोड ७६ लाख ६५ हजार ७ सय रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीले शुक्लागण्डकी नगरपालिकाका सबै वडामा कृषि समूह गठन गर्ने, कृषि शिक्षा कार्यक्रम सञ्चालन गर्ने, अन्तर सहकारी कारोबार गर्ने नीति निर्माण गर्ने तयारीमा रहेको रेग्मीले बताउनुभयो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *