कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको अध्यक्षमा कार्की

आदर्श अनलाइन, बागलुङ

कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको चौधौ साधारण सभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारण सभाले दलबहादुर कार्की (डिबी)को अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गोकुलप्रसाद कँडेल, सचिवमा प्रेमप्रसाद गौतम, सह–सचिवमा रबिन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा मातृका आचार्य रहनुभएको छ ।

त्यस्तै समितिका सदस्यहरुमा मुरारी गैरे, युगेन्द्र श्रेष्ठ, नन्दकली अधिकारी, मनोज कुमार शाह, उमानाथ गौतम र करुणा खड्का रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले नयाँ तरिकाले व्यवसाय संचालन गर्न चाहेमा उद्यमी व्यवसायीलाई नगरपालिकाले सहयोग रहने र व्यवसायलाई थप प्रभावकारी बनाउन नयाँ शैली र प्रविधिलाई जोड दिनुपर्ने बताउनुभयोे ।

सो अवसरमा फेन्सी व्यवसायी समितिमा रहेर तथा विभिन्न माध्यमबाट समितिलाई सहयोग गर्ने ६ जना लाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व तथा बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरे, बागलुङ उद्योग बाणिज्य सघंका कोषाध्यक्ष नविन कुमार श्रेष्ठ, नेपाल उद्योग व्यापार संगठनका बागलुङ जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल उद्योग व्यावसायी महासघंका अध्यक्ष दुर्गा कुवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम कपडा तथा फेन्सी व्यावसायी समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष दलबहादुर कार्र्की (डिबी) को स्वागत तथा द्धितिय उपाध्यक्ष गोबिन्द सुबेदी र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *