महिलाले सक्रियताका साथ नेतृत्व लिनुपर्छ : खत्री


आदर्श अनलाइन, बागलुङ

मुलुकको समग्र बिकास गर्नका लागि एवम् समाजलाई गतिशिल बनाउन महिलाले सक्रियता पूर्वक नेतृत्व लिनु पर्ने जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्रीले बताउनुभएको छ ।

संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभामा बोल्दै खत्रीले दिगो विकास अनि महिलाहरुको पनि समान सहभागिताका लागि सबैले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले सहकारीमा महिलाहरुको सहभागिताले पनि नेतृत्व विकासका लागि भूमिका खेलेको बताउँदै नेतृत्व र क्षमता विकासका लागि जोड दिनुभयो । आधा आकाश ढाक्ने महिला नारामा भए पनि त्यसलाई समेत व्यवहारमा उतार्नका लागि पनि नेतृत्व तहमा महिलाको सहभागिता आवश्यक हुने उहाँको भनाई थियो ।


सहकारीको वार्षिक साधारणसभामा उज्यालो बैकल्पिक विद्यालयबाट गत वर्षको एसइइ परिक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल शेयर सदस्य बिष्णु गुरुङलाइ सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्यका सन्तानले उत्कृष्ट नतिजा ल्याउने दिक्षीत जिसीलाई पनि सम्मान गरिएको थियो । साधारणसभाको अवसरमा असल बचतकर्ता तर्फ अमृता खत्री र असल ऋणी तर्फ तुलमायाँ पुनलाई सम्मान गरिएको सहकारीकी सञ्चालक समिति सदस्य देवी जिसीले बताउनुभयो ।

संगिनी सहकारीकी अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नविना थापाको स्वागत तथा देवी जिसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा शेयर सदस्यको तर्फबाट बिष्णु गुरुङले मन्तव्य राख्नुभएको थियो ।

२०६९ असार २७ बाट नियमित कारोवार थालेको सहकारीका पाँच सय २५ जना शेयर सदस्यबाट दुई करोड ३९ लाख तीन सय रुपैयाँ शेयर पुँजी संकलन भएको छ । त्यस्तै तीन करोड ७१ लाख ६४ हजार चार सय रुपियाँ बचत संकलन भएको छ भने ४ करोड ५४ लाख ३६ हजार सात सय ५५ रुपियाँ ऋण लगानी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *