आदर्शकर्मी पन्त इन्सेक उत्कृष्ट जिल्ला प्रतिनिधि


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिकका सह–सम्पादक सृजना पन्त इन्सेकद्वारा उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा छनौट भइ पुरस्कृत हुनुभएको छ ।


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङ जिल्ला प्रतिनिधिको रुपमा समेत सक्रिय पन्तलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन समारोहमा उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पूर्व राष्ट्र«पति विद्यादेवि भण्डारीको बाहुल्ीबाट नगद सहित पुरस्कृत हुनुभएको छ ।


सन् २०२३ मा कुशलता पूर्वक मानव अधिकार अनुगमन र प्रलेखन कार्यमा उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा नगद, प्रमाणपत्र र मायोको चिनो सहित पन्त पुरस्कृत हुनुभएको इन्सेकाले जनाएको छ ।


आदर्शकर्मी पन्त १० वर्षदेखि इन्सेक बागलुङ जिल्ला प्रतिनिधिको रुपमा मानव अधिकारको क्षेत्रमा सक्रिय रहदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *