जनकल्याण आबिको ४७ औं वार्षिकोत्सव : दुई शिक्षकको भव्य बिदाई


आदर्श अनलाइन, बागलुङ
जनकल्यण आधारभूत विद्यालय काठेखोला गाउँपालिका–७ रेशको ४७ औं वार्षिकोत्सव मनाइएको छ । वार्षिकोतसवको अवसरमा ३५ वर्ष विद्यालयमा सेवा गरेका दुई शिक्षकहरुलाई भव्य समारोहका साथ बिदाई गरिएको छ ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापले शैक्षिक सुधारका लागि जनकल्याण आधारभूत विद्यालयले गरेको योगदान ठूलो रहेको बताउनुभयो । उहाँले विद्यालयले व्यवहारिक शिक्षाका लागि थालेको चिया खेती उदारणीय काम भएको बताउनुभएको छ । कार्यक्रममा काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी अन्जु, रेश नुन्थला माध्यामिक विद्यालयका प्रधानध्यापक ओम बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



कार्यक्रममा ३५ वर्ष शिक्षण पेशामा सेवा दिनुभएको विष्णु प्रसाद गौतम र थम्मन बहादुर जिसीलाई एक समारोहका बीच भव्य बिदाई गरिएको छ । विदाईको क्षणमा विद्यार्थीको आँखामा आशु देखिएका थिए । विदाईको क्षणमा विद्यार्थीहरु निकै भावुक भएको पाइएको थियो ।
विद्यालयको शैक्षिक सुधारमा शिक्षकद्वयको अहम भूमिका रहेको वडा अध्यक्ष प्रेम बहादुर लामिछानेले बताउनुभयो ।


थम्मन बहादुर जिसी प्रधानध्यापक भएपछि विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा ठूलो फड्को मारेको र विद्यालयकै अगुवाईमा रेशमा चिया खेतीको विस्तार भएको उहाँको भनाई छ । कार्यक्रममा विद्यालयका प्रधानध्यापक लक्ष्मण थापाद्वारा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रम व्यवस्थापन समितका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता, शिक्षक टिका थापाको स्वागत तथा शिक्षक निरमाया शर्मा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *