कार्य सम्पादक मूल्याङ्कनमा गलकोट पहिलो

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका कार्य सम्पादक मूल्याङ्कनमा जिल्लामा पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थानीय तहको आर्थिक वर्ष २०७९/८० कार्यसम्पादन मूल्याङ्कनमा गलकोट नगरपालिका पहिलो भएको हो ।

गलकोट नगरपालिकाले ४३.३५ अङ्क प्राप्त गरेको छ । दोस्रो स्थानमा बरेङ गाउँपालिका रहेको छ । बरेङ गाउँपालिकाले ३९.३६ अंक पाएको छ । तेस्रो स्थानमा बडिगाड गाउँपालिका रहेको छ । यस पालिकाले ३६.३५ अंक पाएको छ । चौँथो स्थानमा ताराखोला गाउँपालिका रहेको छ । ताराखोलाले ३४.४९ अंक प्राप्त गरेको छ ।

ढोरपाटन नगरपालिका पाँचौँ स्थानमा रहेको छ । यस नगरपालिकाले ३०.८७ अंक पाएको हो । छैठौँमा तमानखोला गाउँपालिका छ । तमानखोला गाउँपालिकाले २९.९८ अंक पाएको छ । सातौँमा काठेखोला गाउँपालिका छ । काठेखोलाले २६.४५ अंक पाएको छ । आठौँ स्थानमा निसीखोला गाउँपालिका रहेको छ । यस पालिकाले २५.४० अंक पाएको छ ।

नवौँ स्थानमा जैमिनी नगरपालिका छ । जैमिनी नगरपालिकाले २४.८० अंक पाएको छ । अन्तिम दशौँ स्थानमा बागलुङ नगरपालिका रहेको छ । बागलुङ नगरपालिकाले २४.७६ अंक पाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *