कोरियाबाट फर्केर माछापालनमा पुन


खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गमा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ ।
बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आउनुभएको पुनले कोरियाको सिपलाई नेपालमा सदुपयोग गर्नका लागि माछा पालन संगै रिसोर्ट सञ्चालन गर्दै आउनुभएको छ ।

लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बतिाएर फर्कनुभएको थियो । उहाँ ६ वर्षदेखि निरयघाटमा माछापालन गर्दै आउनुभएको छ । उहाँले तीन वर्ष यता माछा मार्ने र माछा खान आउनेहरुको सेवालाई मध्यनजर गर्दै रिसोर्ट समेत खोल्नुभएको छ । रिसोर्टमा माछाका पारखीहरु समय–समयमा पुग्ने गरेका छन् ।

“कामदारको रूपमा कोरिया पुगेको थिए, कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाए, कोरियामा गरेको आम्दानीले बागलुङ बजारमा घर बनाए, बाँकी रहेको रकमले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारी खेती र रिसोर्ट खोलेको थिए, कोरोना अघि एक चरणको माछाबाट छ लाख सम्म आम्दानी भयो” पुनले भन्नुभयो “कोरोना पछि दानाको मुल्य बढेपछि माछा उत्पादनमा केही गिरावट आएको छ, माछाको उत्पादन राम्रो भए लगानीको दोब्बर नाफा हुन्छ, उतपादन बढाउन राम्रो हेरचाह आवश्यक छ ।”

कोरियाको जस्तो काम नेपालमै गर्न सके राम्रो संभावना देखेर लगानी गरेको उहाँको भनाई छ । रु.५० लाख लगानी गरेको बताउदै उहाँले आम्दानीलाई लगानीमा परिणत गरेकाले बचत नभएको बताउनुभयो । उहाँले आफूसंगै छोरालाई समेत माछापालनमा लगाएका जानकारी दिनुभयो । उहाँले छोरा अमृत पुनलाई माछापालन सिकाइरहेको जानकारी दिदै रिसोर्टको जिम्मेबारी छोरालाई दिएको बताउनुभयो ।

“कोरियामा मेसिनको गतिमा काम हुँने, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो भोगाई र सिकाईले नेपालमा फर्केर आरा मगर्न सकिन, ६२ वर्षको उमेरमा समेत माछापालनमा उत्तिकै सक्रिय छु” उहाँले भन्नुभयो । उहाँले चार वर्ष निकै फष्ठाएको माछापालन केही घटेको बताउनुभयो । उहाँले माछापालन संगै रिसोर्टमा लगानी थपेपछि माछा उत्पादनलाई थोरै घटाएको बताउनुभयो । उहाँले रिसोर्टमा आउनेहरुले माछा मार्ने, बल्छी खेल्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

राम्रो फष्टाउदा एउटै माछा ६ केजी सम्मको भएको जानकारी दिनुभयो । वार्षिक एक लाख ५० हजार भाडा तिर्ने १४ रोपनी जग्गामा रिसोर्ट, तीनवटा सात रोपनीका माछा पोखरी, रेष्टुराँ, तीन वटा सुविधा सम्पन्न कोठा, तीन वटा प्लाष्टिक टर्नेल र तरकारी खेती रहेको छ ।

उत्पादन गरेको माछा बागलुङ बजारमै खपत हुनेभएकाले माछाका लागि बजारको चिन्ता नभएको उहाँको भनाई छ । उहाँले उत्पादन गर्न सके बजारको चिन्ता नभएको बताउदै उत्पादन बढाउन यस पटक भुरामा लगानी थप्न थालेको जानकारी दिनुभयो । तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रो संग हुर्केमा १२/१५ लाख आम्दानी हुन्छ, तर राम्रो उत्पादन नभए ५÷६ लाखमै सिमिति हुने उहाँको भनाई छ । सात रोपनीमा तीन वटा माछा पोखरीमा ग्रास काव कमन, सिल्भर काव गरी पाँच प्रकारका माछा पुनको फर्ममा रहेको छ ।

परिवारका अन्य सदस्यलाई आफ्नै देशमा उद्यमी बन्न प्रेरणा दिने लक्ष्यका साथ कृषी कर्मका लगाएको उहाँको भनाई छ । परिवारका सदस्यलाई स्वदेशमै उदमी बनाउने योजनाले परिवारका सबै सदस्य रिसोर्टमै बसेर माछा पालन गर्दै आउनुभएको छ । माछापालनमा निकै राम्रो संभावना रहेको उहाँको अनुभव रहेको छ । चिसो मुलको पानीमा पालिएका माछा निकै स्वादिष्ट हुनेभएकाले माछाको माग धान्नै मुश्किल पुनलाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *