पुरानै भाडा लिन प्रशासनको आग्रह

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङले अन्तर जिल्ला संचालन हुने यातायातको भाडा समायोजन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठेकले जिल्लामा संभालन हुने यातायातको भाडा समायोजन गरेको हो ।

जिल्लामा संचालनह हुने साना ठूला सबै सवारी चालकहरुले पुरानै भाडा दर लागु गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

उहाँले कोभिड–१९ लाई ध्यानमा राखी सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई पालना गरी यात्रा गर्न आग्रह गर्नुभयो ।

कुनै पनि चालकले तोकिएको भाडा दरभन्दा बढि असुलेमा कडा कारवाही गरिने उहाँको भनाई छ । चालकले अनिर्वाय रुपमा यात्रा गर्ने स्थानहरुको भाडा दरसहित यात्रुले देख्ने गरि टाँस्नु पर्ने उहाँको भनाई छ ।

सरकारले कोरोना भाइरसका कारण सिट क्षमताभन्दा कम यात्रु राख्न र तोकिएको भाडाभन्दा बढी लिन अनुमति दिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *