गरिबी निवारणको लागि सुशासनको भूमिका

शुभेच्छा पन्त

नेपाल एक विकासान्मुख राज्य हो । जहाँ अथहा स्रोत र साधन हुदाँ हुदै पनि उचित परिचालन गर्न नसक्दा अनेकौ दुख, कष्ट जनताले भोग्नु परेको छ । नेपालमा भएको स्रोत साधनको परिचालन गर्ने हो भने, यहाँ कुनै पनि व्यक्ति रोजगार विहिन हुनु पर्ने थिएन । जनशक्ति हुदाँ हुदै पनि असल शासन अथवा सुशासन नभएर विभिन्न समस्या भोग्नु परेको छ । असल शासन नहुनाले धेरै असर गरिब जनतामा परेको छ र यसले गरिबी निवारण गर्न भन्दापनि गरिब जनतालाई अझ धेरै मर्कामा पारेको छ ।

सुशासन भनेको सरकारको दृष्टिकोण हो, जुन राज्यमा न्याय र शान्ति स्थापित गर्न निर्माण भएको हो । सुशासनले व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्दछ । संयुक्त राष्ट्रका अनुसार सुशासनलाई सहभागिता, कानूनको शासन, पारदर्शिता, जवाफदेहीता, सहमति अभिमुखीकरण, समानता र समावेशीकरण, प्रभावकारिता र दक्षता, र उत्तरदायित्वका आठ कारकहरूले मापन गर्छन् । शासनको अवधारणालाई विभिन्न व्यक्तिहरूले धेरै तरिकाले बुझ्दछन् । गतिशीलता भनेको यथास्थितिमा परिवर्तन र सुधार गर्ने कामलाई अझ प्रभावकारी र न्यायसंगत गर्नु भन्ने बुझिन्छ । सुशासन आदर्श समाजको परिकल्पना हो, जसमा सर्वसाधारणको इच्छा र आकांक्षाको सही प्रतिनिधित्व हुन्छ । सुशासन अनुसार विकास निर्माणको खाका कोरिन्छ एवं यसलाई सफलताका साथ कार्यान्वयन गरिन्छ । सबैभन्दा राम्रो शासन नै सुशासन हो । असल शासकीय व्यवस्थाको खोजीसँगै सुशासनको अवधारणाको विकास भएको पाइन्छ । शासन व्यवस्थाका सम्पुर्ण आयामहरूलाई सुधारका एजेन्डामा समावेश गरी राज्यप्रणालीलाई बढी कानुनसम्मत, विकेन्द्रित तथा सहभागितामुलक, पारदर्शी र जवाफदेही बनाउने प्रयास नै सुशासन हो । विकसित राष्ट्र, विकासशिल राष्ट्र, विकासोन्मुख राष्ट्र तथा अल्पविकसित राष्ट्रमा सुशासनको अर्थ फरक फरक हुन्छ ।

सुशासनको अवधारणा मानव सभ्यता जत्तिकै पुरानो छ । शासन भनेको निर्णय लिने प्रक्रिया हो । सुशासन राजनीतिक अर्थव्यवस्थामा एक महत्वपुर्ण शब्द भएको छ । यसले मानव विकास सहित समग्र विकासको गति बढाउन योगदान गर्दछ । सामाजिक र सार्वजनिक सेवाहरूको प्रभावकारी वितरण गर्न यसको भुमिका महत्वपुर्ण छ । सुशासनको एजेन्डा विशेष गरी गरिब देशहरुमा मांग छ । गरिबी अभावको अवस्था हो । गरिबीको विभिन्न कोणबाट गरिएका विश्लेषण र व्याख्यालाई एक ठाउँमा राखेर विवेचना गर्दा आर्थिक, सामाजिक र शासकीय असरका केही स्वरूप स्पष्ट देखिन्छ । गरिबी बहुआयामिक छ । गरिबी भनेको आधारभुत आवश्यकताको पहुँच र सामथ्र्यबाट प्रत्यक्ष टाढा रहनुपर्ने बाध्यता हो ।

नेपाल दक्षिण एसियाको सबैभन्दा गरीब देश हो र विश्वको बाह्रौं गरीब देशको रूपमा नेपाललाई चिनिन्छ । यद्यपि पछिल्ला दशकमा यस देशले गरीबी न्यूनीकरणमा उल्लेखनीय प्रगति गर्दै आएको पाइन्छ तर पनि अझै गरिबीबाट छुटकारा पाएको भने छैन । नेपालमा सहरमा रहेका गरीबी २२ प्रतिशतबाट १० प्रतिशत र ग्रामीण ठाँउमा रहेका गरीबी ४३ प्रतिशतबाट घटेर ३५ प्रतिशतमा आएको छ । गरीबी एक अवस्था हो, जहाँ कुनै एक व्यक्ति वा समुदायको जीवनको न्यूनतम स्तरको लागि वित्तीय स्रोत र आवश्यक अभाव हुनुका साथै जीवनयापन गर्न पनि असहज हुन्छ । गरीबी भनेको रोजगार नै नपाएर खान लगाउनको असहज हुनु अथवा रोजगारबाट आएको तलब कम भएर आवश्यक पर्ने वस्तुको अभाव हुनु जस्तै गाँस, बाँस, कपास नहुनु पनि गरिबी हो । गरिबीबाट ग्रस्त व्यक्तिहरू र परिवारहरू उचित आवास, सफा पानी, स्वस्थ खाना, र शिक्षा जस्ता आवश्यक कुराहरुबाट बन्चित बनी रहेका हुन्छन । नेपालमा भ्रष्टाचार धेरै हुन्छ । नेपाल दक्षिण एशियामा तेस्रो सबैभन्दा भ्रष्ट देशको रुपमा अथवा स्थानमा रहेको छ । यस्तो भष्टचार जस्ता गतिविधिले गर्दा पनि धेरै गरिबी बढेको छ र यो न्युनिकरण गर्ने केवल सुशासन अथवा असल शासनले मात्र हो । यदि असल शासन भयो भने राज्यबाट भष्टचार जस्तो गतिविधि पनि कम हुन्छ र गरिबीको पनि न्युनिकरण हुन्छ । नेपालको भूगोललाई हेर्ने हो भने, यहाँ न गरिबी हुनु पर्ने न बेरोजगारी अवस्था आउन पर्ने हो तर विडम्बना जनशक्ति हुदाँ हुदै र रोजगारको धेरै स्रोत, साधन हुदाँ हुदैँ पनि राजनीतिक अव्वस्था, असल शासन नहुनाले नेपाली जनता गरिबीबाट उन्मुख हुन पाएका छैन्न ।

सामान्य बोलीचालीको भाषामा पैसा नहुनु नै गरिबी भनिन्छ तर शिक्षा नपाउनु अथवा शिक्षित नहुनु पनि गरिबी हो । गरीबी एक आर्थिक अवस्था हो जहाँ मानिसहरू अभावमा हुन्छन् वा केही चीजहरूको अभाव अनुभव गरिरहेका हुन्छन् । गरीबी भनेको पैसाको अभाव मात्र नभएर स्वास्थ्य सेवा र शिक्षा, बाट बन्चित हुनु पनि गरिबी हो । पैसाको अभावको अतिरिक्त, गरीबी मनोरञ्जन गतिविधिमा भाग लिन सक्षम नहुनु, बाल बच्चाहरूलाई स्कूल पठाउन नसक्नु, एक बिमारी व्यक्तिको लाीग औषधी उपचार गर्न नसक्नु पनि गरिबी हो । यी सबै गरीब हुनुको कारणले सिर्जना भएका अवस्था हुन । गरिबीले बाल बच्चाहरूमा पनि धेरै प्रभाव पारेको छ । गरिबीमा हुर्केका बच्चाहरू सामान्यतया गम्भीर र लगातार स्वास्थ्य समस्याबाट ग्रस्त हुन्छन् । जबकि गरिबीमा जन्मजात शिशुहरू कम जन्म तौलको हुने सम्भावना बढी हुन्छन्, जसले गर्दा शारीरिक र मानसिक अशक्तता निम्त्याउन सक्छ । गरिबी परिवारका बच्चाहरूले बिरामी, आर्थिक अवस्थाको कारणले अधिक स्कूल छोड्छन् ।

गरिबी निवारणको लागि सुशासन नै महत्वपूर्ण स्रोत हो । सुशासन भयो भने, व्यक्ति व्यक्ति बीचको असमानताको खाडलको पनि अन्त्य हुन्छ र धनी गरिब एक भएर बस्न पाउनुको साथै राज्यबाट गरिब शब्दको पनि अन्त्य हुन्छ । मानिसले रोजगार पाउँछन् । न्याय क्षेत्रमा पनि सबैले उचित न्याय पाँउछन् । सुशासन हुने हो भने, हाम्रो नेपाल जस्तो विकासान्मुख राज्य विकसित राज्य हुन पनि धेरै समय लाग्दैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *